१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ जेठ ३ सोमबार १६:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना कहर : काभ्रेको बनेपा सिल गर्ने निर्णय

Read Time : < 1 मिनेट
२०७८ जेठ ३ सोमबार १६:५२:००

काभ्रेको सबैभन्दा बढी कोरोना प्रभावित बनेपा नगरपालिका सिल गर्ने निर्णय गरिएको छ । सोमबार बसेको बनेपा नगरपालिका र सरोकारवालाहरूको छलफलबाट बनेपामा मंगलबार राति १२ बजेबाट १२ जेठको राति १२ बजेसम्म लागु हुने गरी सिल गर्ने निर्णय भएको हो ।

बनेपा नगरपालिकाका प्रेस सल्लाहकार लक्ष्मण तिमल्सिनाका अनुसार बनेपा नगरपालिका क्षेत्र सिल गर्ने निर्णय भएको छ । ‘बनेपा नगरपालिका र सरोकारवालाहरूको बैठक तथा छलफलबाट बनेपा नगरपालिका क्षेत्र पूरै सिल गर्ने निर्णय भएको छ,’ उनले भने । 

दिनप्रतिदिन कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकाले न्यूनीकरण तथा नियन्त्रणका लागि सिल गरेको तिमल्सिनाले बताए । 

नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठले सूचना निकालेर अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने जनाएका छन् । सूचनामा भनिएको छ, ‘औषधि पसल र अस्पतालबाहेक अन्य खाद्यान्य पसल, तरकारी पसल, दुग्धजन्य पसल, फलफूल पसल तथा व्यवसायहरू र बैंक तथा वित्तीय संस्थाहरूबाट प्रदान हुने सेवासमेत पूर्ण रूपमा बन्द गर्ने ।’

फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवा दिने कार्यालय संस्थानले न्यूनतम कर्मचारी राखी स्वास्थ्य मापदण्ड पालना गर्दै सेवा प्रवाह गर्न सूचनामा उल्लेख गरिएको छ ।