१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चन्द्रागिरि नगरपालिका एक साताका लागि सिल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:५३:oo

काठमाडौं उपत्यकाको चन्द्रागिरि नगरपालिकाले एक साता अवधिभरका लागि नगरपालिका सिल गरेको छ । आज जेठ १ गते देखि लागू हुने गरी ७ गतेसम्म बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुल गर्न पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमणको रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवाबाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफूल  तथा तरकारी पसल, निर्माण व्यवसायीलगायतका पसलहरु, नगरपालिका वडा कार्यालय, नगरबाट सञ्चालित योजनाहरू, सरकारी , गैरसरकारी, बैक तथा वित्तीय संसथहरू निजी सम्पूर्ण कार्यालयका सेवा पूर्ण रूपमा बन्द गरी नगरपालिकालाई नै सिल गरेको हो ।

खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दूधको ढुवानीका साधनलाई सवस्थ्य सुरक्षा मापदण्डको पालना गरी संञ्चालन गर्न दिइएको छ । त्यसैगरी, पशुपक्षीको दाना, कृषि प्रयोजनका बिउ, बिजन, कृषि उत्पादन, औषधि उद्योगलगायत फोहाेरमैला बोक्ने सवारीसाधनहरुलाई सिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी संञ्चालन गर्न दिइने भएको छ ।

यसैबीच नगरपालिका सिल भएपछि उपत्यका प्रवेश गर्ने नाका नागढुंगामा सुरक्षा जाँच कडा पारिएको छ । अत्यावश्यक सवारीसाधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारीसाधनबाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ । नगरपालिकाले वैशाख २९ गते नै सार्वजनिक सूचना जारी गरेकाले सीमाबाट फर्काउनुपर्ने सवारीसाधनहरू धेरै नभएको सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । शनिबार आज नागढुंगा नाका पनि सुनसानप्रायः देखिएको छ ।

एम्बुलेन्स, अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन भएका छन् । सर्वसाधारण पनि घरबाहिर निस्कन नपाएपछि नगरपालिका सुनसान बनेको छ । राजमार्गमा पनि अन्य दिनमा जस्तो पास लिएर हिँड्ने सर्वसाधारणहरू देखिएका छैनन् ।
नगरपालिकाले अन्य व्यवस्थाका सम्बन्धमा भने वैशाख २८ गते काठमान्डाैं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशबमोजिम गर्न गराउन मातहतलाई निर्देशन जारी गरेको छ ।

नगरपालिकाकाले भेरोसिल खोपको दोस्राे मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध नगर्ने भएको छ । सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको कार्ड देखाएर तोकिएको खोपकेन्द्रसम्म आवतजावत गर्न दिइनेछ ।

ad
ad