मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ३१ शुक्रबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ बैशाख ३१ शुक्रबार १६:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महामारीमा पनि सत्तास्वार्थको रोटी सेक्न खोज्ने प्रवृत्ति सह्य हुँदैन : प्रधानमन्त्री ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ बैशाख ३१ शुक्रबार १६:१५:oo

प्रधानमन्त्री केपी ओलीले महामारीमा पनि सत्तास्वार्थको राटी सेक्न खोज्ने प्रवृत्ति सह्य नहुने बताएका छन् ।प्रधानमन्त्रीको पदभार सम्हाल्दै प्रधानमन्त्री ओलीले आफूले सरकार बनाउन नसकेपछि प्रतिगमन भन्नेहरूले नक्कली क्रान्तिकारी चस्माबाट हेरेको टिप्पणी गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर इंगित गर्दै ओलीले देशमा शान्ति स्थापना हुन नदिने, अस्थिरता छरिरहने र बबन्डर मच्चाइहनेहरूले जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाए । 

कोभिड– १९ का विरुद्ध छिमेकी राष्ट्रहरूले  सहयोगको हात बढाइरहेको वेला  देश र जनताप्रति चिन्तित नभई आफ्नो स्वार्थमा मात्र चिन्तित हुने प्रवृत्ति  स्विकार्न नसकिने बताए ।  कोभिडका विरुद्ध  एकजुट भएर  लड्नुपर्नेमा जनतालाई निराशा बनाउने  र सरकारलाई असफल बनाउन खोज्नेहरू जन्डिसको बिरामी भएको बताए । उनले भने, ‘जन्डिसका बिरामीले  जता पनि पहेँलो देख्छ । त्यस्तै यहाँ कोहीकोही जेमा पनि भ्रष्टाचार देख्छन् ।’

उनले कसैलाई भ्रष्टाचार गरेको थाहा पाए हदैसम्मको कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । शपथका वाक्य र अक्षरको पालना गर्दै देश र जनताप्रति पूर्ण बफादार रहनेसमेत उनले प्रतिबद्धता जाहेर गरे ।