१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o६:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कोरोना संक्रमणका कारण एमाले नेता चौलागाईंको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:१o:oo

नेकपा एमालेका नेता तथा बागमती प्रदेश सांसद पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ । उपचारका क्रममा चौलागाईंको मंगलबार साँझ निधन भएको हो  ।

दोलखाको वैतेश्वर गाउँपालिकामा घर भएका  चौलागाईं कोरोना संक्रमण भएपछि केही दिनदेखि काठमाडौंस्थित  मनमोहन अस्पतालमा उपचार गराइरहेका थिए ।एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखा (ख)बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

चौलागाईंको निधन भएपछि सिंगो दोलखा यतिवेला शोकमा डुबेको छ । उनलाई दोलखाली राजनीतिमा कांग्रेसका स्वर्गीय नेता भीमबहादुर तामाङ पछिको दोस्रो राजनीतिक अभिभावकका रूपमा सबै दलका नेता तथा कार्यकर्ताले उत्तिकै सम्मान गर्ने गरेका थिए । 

एमालेका प्रभावशाली नेता मानिने चौलागाईं दोलखाबाट दुईपटक संघीय संसदमा निर्वाचित भएका थिए । चौलागाईं ०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने दोस्रो संविधानसभामा सभासद् रहेका चौलागाईं एमालेनिकट युवा संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत हुन् । उनी नेकपा एमालेको साबिक बागमती अञ्चलको इन्चार्जसमेत भइसकेको नेकपा एमाले दोलखाका नेता प्रोणप्रताप केसीले जानकारी दिए। 

काठमाडौंस्थित पेप्सिकोलामा रहेको आफ्नै निवासमा  बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई पनि कोरोना पजिटिभ देखिएका कारण उनीहरू होम आइसोलेसनमा रहेको परिवार स्राेतले जनाएको छ । 
 

ad
ad