प्रतिनिधिसभाको बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
१५ मिनेटपछि बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ । प्रधानमन्त्रीले मन्तव्यसहित विश्वासको मतका लागि प्रस्ताव गर्नेछन् । सांसदले दलीय प्रतिनिधित्वको आधारमा धारणा राख्नेछन् । त्यसपछि त्यसपछि मतविभाजन हुनेछ ।