१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ बैशाख २६ आइतबार १७:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

Read Time : < 1 मिनेट
२०७८ बैशाख २६ आइतबार १७:३६:००

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख सीता पौडेलसमक्ष आइतबार राजीनामा दिएका हुन् । मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत भइसकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । 

प्रदेश सभामा सोमबार मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावउपर मतदान गर्ने तालिका रहेका वेला मुख्यमन्त्रीले राजीनामा दिएका हुन् । 
प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गर्दै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम तीन दिनभित्र सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरेकी छिन् ।