मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख २३ बिहीबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख २३ बिहीबार १६:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बढी भाडा असुल्ने दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख २३ बिहीबार १६:५१:oo

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने दुईजनालाई कलंकी चोकबाट पक्राउ गरेको छ । कलंकी चोकबाट काउन्टरका दुईजना कर्मचारीलाई यात्रुसँग मनोमानी भाडा लिइरहेको अवस्थामा बिहीबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

काठमाडौंदेखि झापा–मोरङको नियमित भाडा एक हजारदेखि १२सयसम्म भए पनि यात्रुसँग दुई गुणा बढी जनही २५ सयका दरले भाडा उठाउने खोटाङ घर भई कलंकी बस्ने ३५ वर्षे भीमबहादुर खड्का र रौतहट घर भई खसीबजार बस्ने ५० वर्षे बैजनाथ चौधरीलाई महाशाखाको सादा पोसाकको टोलीले पक्राउ गरेको हो ।

उपत्यकाको रिङरोडमा चल्ने बा.४ख १९२५ नम्बरको पाथिभारा दर्शनको भाडाबसमा यात्रु लग्ने गरी टिकट काटिएकोसमेत पाइएको महाशाखाले जनाएको छ ।