१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २० सोमबार
  • Wednesday, 26 June, 2024
२o७८ बैशाख २० सोमबार ११:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

हेटौँडामा दुई कोरोना संक्रमितको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख २० सोमबार ११:o३:oo

हेटौँडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राति ९ बजे हेटौँडा र सोमबार बिहान ६:२२ बारानिवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौँडा अस्पतालले जनाएको छ ।

अस्पतालको अक्सिजनसहितको कोभिड वार्डमा उपचाररत हेटौँडा– १ का ५५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको कोभिड इन्चार्ज डा. सागर काफ्लेले बताए । काफ्लेका अनुसार संक्रमण पुष्टिपछि उनलाई अस्पतालको कोभिड कक्षमा राखेर उपचार गरिएको थियो ।

यसैगरी बारा, अमलेखगन्जका ४६ वर्षीय पुरुषको सोमबार बिहान ६ बजेर २२ मिनेटमा मृत्यु भएको डा. काफ्लेले जानकारी दिए । मृतक पुरुषलाई आइतबार बेलुका १२ बजे हेटौँडा अस्पताल ल्याइएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि मकवानपुरमा चारजनाको ज्यान गएको छ । हालसम्म मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 
 

ad
ad
ad
ad