मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १७ शुक्रबार ०८:०६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

आत्महत्या रोकथाम कसरी गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १७ शुक्रबार ०८:०६:००

कोहलपुर–९ का ६० वर्षीय कोरोना संक्रमित पुरुषले गत शनिबार साँझ (११ वैशाख) घरैमा आत्महत्या गरे । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ३ वैशाखमा गरिएको पिसिआर परीक्षणमा उनीमा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेकाले उनी होम आइसोलसनमा थिए । 

न गोरखा नगरपालिका–१४ याङ्कोटका ३६ वर्षीय सुब्बा उप्रेतीले पनि गत मंगलबार राति होमआइसोलेसनमा बसेकै वेला आत्महत्या गरेका छन् । उनलाई गत वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको फरियावादबाट २६ चैतमा घर फर्केका उनले ७ वैशाखमा पिसिआर परीक्षण गरेका थिए । 

कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढेसँगै आत्महत्याका घटना पनि बाहिर आउने क्रम बढेको छ । गत वर्षको लकडाउन अवधि पनि वर्षभरिकै सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गरेका तथ्यांक सार्वजनिक भएको थियो । जसको एउटा प्रमुख कारण महामारीलाई मानिएको थियो । हुन त सामान्य अवस्थामै पनि नेपालमा आत्महत्याको तथ्यांक डरलाग्दो छ । बर्सेनि आत्महत्या गर्नेको संख्या बढी नै रहेको छ । गत आर्थिक वर्षमा मात्रै चार सय ८३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ । 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को तथ्यांकअनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको सातौँ स्थान छ । आत्महत्या गर्ने महिलाको तथ्यांकलाई हेर्ने हो भने त नेपाल अझै अघि तेस्रो देश हो ।

आत्महत्याका विभिन्न कारण हुने गर्छन् । व्यक्तिको मनोविज्ञानमा व्यक्तिगत मात्र नभई सामाजिक, आर्थिक र समसामयिक परिवेशले पनि उत्तिकै प्रभाव पारिरहेको हुन्छ । आत्महत्याको एउटा मुख्य कारणमध्ये सहन नसक्ने घटना, गम्भीर रोग, अपमानबोधलाई पनि लिने गरिन्छ ।

यसबाहेक चरम आर्थिक नोक्सानी, असफलता र यसले निम्त्याउने निराशापनले आममानिसमा आत्महत्याको सोच आउने गर्छ । केही प्रतिशतमा वंशानुगत कारणले पनि प्रभाव पार्न सक्छ । संक्रमणको डर, महामारी र लकडाउनले पारेको आर्थिक नोक्सानी, भविष्यको अनिश्चितता र काममा असुरक्षा, असन्तुष्टि, निरन्तर दुव्र्यवहारको सामनाका कारण पनि मानिस आत्महत्याको निर्णयमा पुग्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को तथ्यांकअनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको सातौँ स्थान छ । आत्महत्या गर्ने महिलाको तथ्यांकलाई हेर्ने हो भने त नेपाल अझै अघि तेस्रो देश हो । विश्वभरको तथ्यांकले पुरुषमा ४५ र महिलामा ५५ वर्षपछि आत्महत्याको सम्भावना बढ्ने गरेको देखाउँछ । आत्महत्या गर्नुको कारण किटान गर्न त सकिँदैन, तर अनुसन्धानले मानसिक रोगका कारण ९० प्रतिशतले आत्महत्या गर्ने देखाउँछ । डिप्रेसन आत्महत्या गर्न सघाउ पुर्‍याउने प्रमुख मानसिक रोग हो । त्यस्तै, बाइपोलार डिसअर्डर, सिजोफोबियाजस्ता मानसिक रोगीहरूले पनि आत्महत्या गर्ने गर्छन् ।

रोकथाम कसरी गर्न सकिन्छ ?
आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण काम हो । सामान्यतया आत्महत्या लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित शारीरिक, मानसिक परामर्श दिनुपर्छ । त्यति गर्दा पनि जीवनशैलीमा परिवर्तन आएन भने मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्नुपर्छ ।

विशेषगरी परिवारका सदस्यले नै आत्महत्याको लक्षणलाई पहिचान गरेर उत्प्रेरणा जगाउन आवश्यक हुन्छ । यस्तो लक्षण देखाउने व्यक्तिसम्म लामो समय रहन पनि आवश्यक हुन्छ ।

यस्ता व्यक्तिलाई नियमित ध्यान गराउनुपर्छ । ध्यानले नकारात्मक विचारबाट प्रभावित हुनबाट जोगाउनुका साथै जीवन जिउने कलाको विकास गराउँछ । लागुपदार्थ र मद्यपानको लतमा फसेको भए तत्काल मुक्त गर्न प्रयास गर्नुपर्छ ।