
भायानेटको इन्टरनेट तथा भाया–टिभी सेवा सामान्य अवस्थामा फर्किएको छ । कम्पनीका अनुसार सेवा अझै पूर्ण क्षमतामा ल्याउन नसके पनि अधिकांश ग्राहकका लागि सेवा उपलब्ध भएको छ । बाँकी सर्भर अर्को डेटा सेन्टरमा सार्ने काम सकिएपछि सेवा आइतबारसम्म पूर्ण रूपमा सामान्य हुने बताइएको छ । यस अवधिमा इन्टरनेटको गति केही स्लो हुन सक्ने कम्पनीको भनाइ छ ।
त्यस्तै, भायानेट मोबाइल एपले भने पूर्ण रूपमा काम गर्नुका साथै कल सेन्टर थप क्षमतासहित सञ्चालनमा आएको छ र यसले ग्राहकलाई छिटो सहयोग गर्न सक्ने बताइएको छ । ‘प्रदर्शनबाट क्षति पुगेको डेटा सेन्टर यस्तो विषम परिस्थितिमा पनि हाम्रो टिमले ४८ घण्टाभित्र सेवा सामान्य स्तरमा ल्याउन सफल भएको छ । यसले हाम्रो नेटवर्कको मजबुती र टिमको समर्पण देखाउँछ,’ कम्पनीले भनेको छ ।