१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
वासिङ्टन
२०७८ बैशाख १५ बुधबार ०९:५४:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकाले आर्थिक सहयोग वृद्धि गर्ने

Read Time : < 1 मिनेट
वासिङ्टन
२०७८ बैशाख १५ बुधबार ०९:५४:००

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ग्वाटेमालाका राष्ट्रपति अलेजेन्द्रो जियामेटीसँग सोमबार भिडियो कन्फरेन्समार्फत कुरा गर्दै मध्यअमेरिकी देशहरूलाई अमेरिकाले प्रदान गर्दै आइरहेको आर्थिक सहायतामा वृद्धि गर्ने बताएकी छन् ।

मध्यअमेरिकी देशबाट आप्रवासी प्रवेशको क्रम तीव्र गतिमा वृद्धि भएसँगै अमेरिकाले आप्रवासीलाई उनीहरूकै मुलुकमा अवसर सिर्जना गर्ने गरी आर्थिक सहायता वृद्धि गर्न लागेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिना उपराष्ट्रपति ह्यारिसलाई मध्यअमेरिकी मुलुकबाट हुने गरेको आप्रवासन समस्याको वास्तविक कारण पहिचान गर्न विशेष जिम्मेवारी दिएका थिए ।

यसैक्रममा उपराष्ट्रपति ह्यारिसले ग्वाटेमालाका राष्ट्रपति जियामेटीसँग भर्चुअल बैठक गरेकी हुन् । उपराष्ट्रपति ह्यारिसमाथि आप्रवासनका सन्दर्भमा निकै ठूलो चुनौती छ ।