१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी वासिङ्टन
२०७८ बैशाख १२ आइतबार ०८:५९:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

कोभिडका कारण अमेरिकामा रोजगारीमा  फर्कन हिच्किचाहट

Read Time : > 1 मिनेट
एजेन्सी वासिङ्टन
२०७८ बैशाख १२ आइतबार ०८:५९:००

कोरोना भाइरस महामारीका कारण एक वर्षदेखि संकट व्यहोरिरहेको अमेरिकामा लाखौँ बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भए पनि कतिपय रोजगारदातामाथि नयाँ मानिसलाई रोजगारी दिनेतर्फ अनपेक्षित चुनौती देखिएको छ । कोरोना भाइरसबाट संक्रमित हुने डरका साथै बालबच्चाको हेरचाहबापत प्राप्त हुने सरकारी बेरोजगार भत्ताको लोभमा कतिपय बेरोजगार अमेरिकी काममा पुनः फर्कन चाहिरहेका छैनन् ।

‘यो कोभिड संकटका लागि विरोधाभास हो,’ अक्सफोर्डका प्रमुख अमेरिकी अर्थशास्त्री ग्रेगरी डाकोले भने, ‘हामीसँग नयाँ रोजगारी र मागका बीचमा असन्तुलन छ र आउँदा महिनामा जोखिम बढ्नेछ ।’ कोभिड–१९ को खोपले व्यवसायलाई सामान्यतर्फ उन्मुख गराइरहेकाले अमेरिकी अर्थव्यवस्थामा सुधार आउन थालेको छ । अर्कोतर्फ, कम्पनीले पनि बढ्दो माग पूरा गर्न नयाँ भर्ती गर्न थालेका छन् । तर, सबै बेरोजगार व्यक्ति आफ्नो जागिरमा फिर्ता हुन तयार नदेखिएको अर्थशास्त्री ग्रेगरीले बताएका छन् ।

अमेरिकामा अहिलेसम्म तीन करोड २५ लाख ४५ हजार पाँच सय ६ जना संक्रमित भइसकेका छन् । बुधबार यहाँ थप नौ हजार ३६ संक्रमित भए । अमेरिकामा कोभिड–१९ बाट पाँच लाख ८२ हजार पाँच सय ९९ जनाले ज्यान गुमाएका छन् । जुपरिक्रुटरकी अर्थशास्त्री जुलिया पोलकले अमेरिकामा महामारी नै मुख्य चुनौती भएको बताइन् । ‘हामीबीच मुख्य मुद्दा नै महामारी हो, कामको खोजी गर्नेमा कार्यस्थलको स्वास्थ्य र सुरक्षाका बारेमा ठूलो चिन्ता छ,’ पोलकले भनिन् । 

यो संख्या युरोपको भन्दा बढी हो । तर, तुलनात्मक रूपमा अझै पनि कोरोनाविरुद्धको खोप प्रभावकारी बन्न सकेको छैन । यसै कारण अमेरिकामा अहिले पनि तीनचौथाइ जनसंख्या कोभिड–१९ बाट संक्रमित हुने जोखिममा छ । जर्जटाउन विश्वविद्यालयको फ्युचर एडका अनुसार कोभिड महामारीका कारण बन्द भएका देशभरका आधाभन्दा बढी विद्यालय पूर्णकालिक कक्षामा फर्किसकेकाले बच्चाको हेरचाहको काम गर्ने अभिभावकका लागि यो अर्को चुनौती हो । विश्वकै सबैभन्दा ठूलो अर्थव्यवस्था भएको अमेरिकामा कोभिड–१९ को महामारीले रोजगारी क्षेत्रमा ठूलो संकट देखिएको छ । 

स्वरोजगारमा रहेकासमेत झन्डै एक करोड ७० लाख मानिसले अझै पनि सरकारी बेरोजगारी सहायता प्राप्त गरिरहेका छन् । धेरैले आंशिक समय काम गरिरहेका छन् । उनीहरू पूर्ण समय काम गर्न पाउँदैनन् । अर्थशास्त्री डाकोले मजदुरको अभाव धेरै क्षेत्रमा देखिएको बताएका छन् । ‘खुला, खाद्य सेवा, आतिथ्य र मनोरञ्जनजस्ता कामदार कटौती भएका क्षेत्रमा श्रमजीवीको माग बढेको छ,’ उनले भने । 

गत फेब्रुअरीको अन्तिम र अप्रिलको सुरुको अवधिमा गरिएको अमेरिकी व्यवसायको सर्वेक्षणमा केन्द्रीय बैंकले कर्मचारी भर्तीमा चुनौती रहेको जनाएको छ । ‘कर्मचारी भर्तीमा चुनौती व्यापक देखिएको छ, खासगरी यो समस्या न्यून ज्याला वा घन्टे कामदारका लागि बढी देखिएको छ,’ केन्द्रीय बैंकको प्रतिवेदनमा भनिएको छ । भर्जिनियाको रिचमन्डमा केन्द्रीय बैंकले गरेको सर्वेक्षणमा सहभागी एक होटेल व्यवसायीले आफूले फ्रन्ट डेस्कका कामदार भर्ती गर्न सकेको तर सरसफाइका मजदुर भेट्टाउन नसकेको प्रतिक्रिया दिएका छन् । 

बेरोजगार रहेकाले सरकारबाट प्राप्त हुने वित्तीय सहयोग पनि एउटा प्रमुख आधार हो । अगस्टसम्म उनीहरूले सरकारबाट साप्ताहिक थप तीन सय डलर बेरोजगार भत्ता पाउनेछन् । सिकागो शाखाले मानिस रोजगारीमा फर्कन कठिनाइ हुनुमा बालबच्चाको स्याहार अर्को समस्या रहेको जनाइएको छ ।