मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ११ शनिबार
  • Wednesday, 18 December, 2024
वीरेन्द्रबहादुर बस्नेत
२o७८ बैशाख ११ शनिबार १o:o६:oo
Read Time : > 4 मिनेट
१४औँ वार्षिकोत्सव विशेषांक प्रिन्ट संस्करण

संकटबाट बाहिरिँदै हवाई क्षेत्र

Read Time : > 4 मिनेट
वीरेन्द्रबहादुर बस्नेत
नयाँ पत्रिका
२o७८ बैशाख ११ शनिबार १o:o६:oo

वीरेन्द्रबहादुर बस्नेत प्रबन्ध–निर्देशक, बुद्ध एयर

काेरोना– १९ को महामारीले विश्वमा सबैभन्दा बढी प्रभावित भएको क्षेत्रमध्येको एउटा हवाई उड्डयन पनि हो । सवा सय वर्षको उड्डयन इतिहासमा यसरी धराशायी हुने गरी संकट आएको थिएन । यो नै पहिलोपटक हो । महामारीका कारण विश्वका अधिकांश हवाई कम्पनीहरू झन्डै आधा वर्षसम्म शून्य आम्दानीमा रहन बाध्य भए । नेपालको हकमा पनि त्यही भएको हो । 

नेपालमा मात्रै होइन, विश्व हवाई क्षेत्रमा कोरोना महामारीको असर लामो समयसम्म रहने प्रक्षेपण भइरहेको छ । अहिले हवाई क्षेत्र खुले पनि यसको आर्थिक असर लामो समयसम्म नै रहनेछ । नेपालको हकमा पनि आन्तरिक उडानमा केही उत्साह देखिए पनि कोरोनाको असरबाट पूर्ण रूपमा मुक्त हुन लामो समय कुर्नुपर्ने देखिन्छ । विशेषगरी अन्तर्राष्ट्रिय हवाई सेवामा असर लामो समयसम्म पर्ने निश्चित छ । 

कोभिडपछि हरेक क्षेत्र प्रभावित भएको छ । अझ धेरै मारमा परेको हवाई क्षेत्र र पर्यटन नै हो । ७–८ महिनाको बन्दाबन्दीपछि हवाई क्षेत्र सञ्चालनमा आयो । सबै एयरलायन्स कम्पनीहरूले संक्रमणरहित उडानका लागि सुरुदेखि नै प्रतिबद्ध रहेर काम गरिरहेका छन् । अन्तर्राष्ट्रिय स्तरका केमिकल प्रयोग गरी सरसफाइमा उत्तिकै ध्यान दिइएको छ । उडानबाट कोही पनि संक्रमित भएका छैनन् । प्रायजसो कर्मचारीले कोरोनाविरुद्धको पहिलो खोप लिइसकेका छन्, दोस्रो डोज वैशाखमा पूरा हुँदै छ ।

बन्दाबन्दीमा आन्तरिक हवाई सेवाहरूको आम्दानीमा ८–९ अर्ब गुमेको छ । १०औँ हजार कर्मचारीको तलब कटौती भएको छ । कतिपयले रोजगारी नै गुमाएका छन् । जसले एक लाख रुपैयाँ तलब खान्थ्यो, अहिले घटेर ५० हजार पाएको छ भने उसको आम्दानी घटेको हो ।

अहिले फेरि कोरोनाको ग्राफ उक्लिँदै छ, हामी सतर्क छौँ, हाम्रो उडान सेवा संक्रमणरहित गर्न प्रतिबद्ध छौँ । यात्रु तथ्यांकको कुरा गर्ने हो भने कोभिडअघि र पछिमा खासै फरक छैन, बरु अहिले आएर हामीले दैनिक ६ हजार पाँच सयदेखि सात हजारको हाराहारीमा यात्रुलाई सेवा दिइरहेका छौँ । उडानपछि पर्यटन क्षेत्रले पनि केही गति लिएको देखिन्छ । अहिले पोखरा, चितवनका धेरैजसो होटेल भरिभराउ हुन थालेका छन् । अन्य गन्तव्यहरूमा पनि चहलपहल देखिन थालेको छ ।

बन्दाबन्दीमा आन्तरिक हवाई सेवाहरूको आम्दानीमा ८–९ अर्ब गुमेको छ । १०औँ हजार कर्मचारीको तलब कटौती भएको छ । कतिपयले रोजगारी नै गुमाएका छन । जसका कारण गरिबी बढेको छ । जसले एक लाख रुपैयाँ तलब खान्थ्योे अहिले घटेर ५० हजार पाएको छ भने उसको आम्दानी घटेको हो । आम्दानी घट्नु भनेको गरिबी बढ्नु हो ।

समग्रमा यो ६ महिनाको दौरानमा नेपालको हकमा निजी, सरकारी तथा नियामक निकायले समेत झन्डै २० अर्बको आम्दानी गुमाएका छन् । आम्दानी गुमाउने क्रममा केही हिस्सा भने अहिले रोकिएको छ । अब आउँदा दिनहरू कसरी जान्छन्, अझै पनि भन्न गाह्रो छ । आइटाको प्रक्षेपणअनुसार सन् २०२४ मा गएर मात्रै अन्तर्राष्ट्रिय हवाई क्षेत्र फेरि पुरानै अवस्थामा फर्कन सक्नेछ । तर, आन्तरिक हवाई उड्डयनमा भने केही उत्साह सुरु भएको छ । अबको दिन कसरी अगाडि बढ्छ भन्ने विषय हेर्ने बाँकी छ ।

अहिले सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय उडानमा तीन सय सिट क्षमताको जहाजमा मुस्किलले सयजना यात्रु उडान गर्छन् । त्यसकारण आर्थिक रूपमा सबल हुन सहज भने छैन । अहिले एयरलायन्स कम्पनीहरूले नगद प्रभावका लागि सस्तो दरमा भए पनि उडान गरिरहेका छन् । नेपाली एयरलायन्स कम्पनीहरूले अहिले पनि नगद प्रभावको अभाव रोक्नका लागि बसको भाडाबराबरमा उडान गरिरहेका छन । त्यसो हुँदा अहिले फाइदा हुने त कुरै छैन । बुद्ध एयरले माघदेखि सामान्य अवस्थामा फर्कन सकिन्छ कि भन्ने सोचेको छ । सोहीअनुसार योजनाबद्ध रूपमा बढिरहेका छौँ । अन्य विमान कम्पनी पनि सोहीअनुसार अगाडि बढेको हुनुपर्छ । हामीले माघपछि नर्मल हुन्छ भन्नुको कारण एउटा भ्याक्सिन आएको सकारात्मक समाचार हो भने अर्को विज्ञहरूले भनाइ हो । नेपालको हकमा आन्तरिक उडानतर्फ अहिले पनि उत्साह नै छ । बिस्तारै नर्मल हुन्छ भने आशा हो । नरम भएको अवस्थामा केही राहत हुन्छ कि भने आशा छ । 

यसबाट एउटा पाठ सिक्ने अवसर पनि विमान कम्पनीहरूले पाइरहेका छन् । त्यो हो– खर्च कटौती । कोरोनाले बाहिर गएर खाने बानी कम बनाउँदै लगेको छ । उदाहरणका रूपमा जहाजमा दिइने पानी, खानेकुरा तथा चकलेटको खर्च घट्ने छ । कोरोना सहज भएपछि पुनः दिनुपर्छ भन्ने त छैन । धेरै ठाउँमा पहिले मतलब नराखेको शीर्षकबाट पनि खर्च कटौती हुन्छ । 

भ्याक्सिन आएर अवस्था सहज भएपछि मानिसमा आत्मविश्वास बढेको छ । त्यही भएर मानिस अब घुम्न निस्कन्छन् । पर्यटनमा नयाँ सोचका साथ अगाडि बढ्नुपर्छ । यही तवरबाट चलाउन खोज्नुहुन्न । 

अबको बाटो
प्रथमतः महामारी रोकथाम सबैभन्दा महत्वपूर्ण छ । रोकथामका आधारभूत चार–पाँच उपाय छन् । मास्कको अनिवार्य प्रयोग, भौतिक दूरी, संक्रमणरहित सरसफाइ इत्यादि जुन हामी सबैलाई थाहा छ । यसलाई कडाइका साथ अनुशासित भएर अपनाउनुपर्छ । यो समस्या अझ केही समयसम्म रहिरहने हुनाले कडाइका साथ लागू गर्नुपर्छ । अब यो हाम्रो दैनिकी संस्कारका रूपमा स्थापित हुनुपर्छ । यसका लागि संघीय सरकार, प्रदेश र स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्छ ।

देशमा ४० हजारभन्दा बढी निर्वाचित जनप्रतिनिधि छन् । लाखौँ राजनीतिक कार्यकर्ता छन् । दशौँ लाख नेपाली कुनै न कुनै संघसंस्थामा आबद्ध छन् । अब यी सबै माध्यमलाई एकीकृत प्रणालीबाट कोभिड– १९ को संक्रमण फैलिन नदिने विधिलाई समुदाय, समाज, घर र हरेक व्यक्तिलाई आबद्ध गर्नुपर्छ । यो धेरै कठिन कार्य पनि होइन, किनकि हाम्रो कुल जनसंख्या करिब तीन करोडको हाराहारीमा छ, जसमध्ये ४०–५० लाख देशबाहिर छ । यो छिमेकी मुलुकको कोलकाता, दिल्ली या मुम्बईजत्तिको जनसंख्या हो ।

दोस्रो, कोरोना उपचार अबको प्रमुख कार्य हुनेछ, जसमा राज्य एकदम कमजोर छ र त्यसैकारण बन्दाबन्दीको समयावधि विभिन्न तवरबाट बढाइरहेका छन् । फेरि बन्दाबन्दी हुने त होइन भन्ने कुरा उठिरहेको छ । तर, बन्दाबन्दी समाधान होइन । 

अर्थतन्त्र सुधारको बाटो
कोरोनाको असरबारे हाम्रो एउटा टिमले त सर्भेजस्तो काम नै गरिरहेको छ । सामाजिक दायित्वअन्तर्गत सर्भे गर्न खोजेका हौँ । हाम्रो अध्ययनले पनि कोरोनाले सबैभन्दा गम्भीर रूपमा देशमा गरिबी बढाएको देखाएको छ । हिजोका दिनमा १७–१८ प्रतिशत रहेको गरिबीको रेखामुनि रहेको तथ्यांक अब ४०–५० को हाराहारीमा जान्छ । किनभने हिजो मासिक प्रतिव्यक्ति तीन हजार आम्दानी हुँदा त्यसलाई गरिबीको रेखाभन्दा माथि रहने मानिन्थ्यो । त्यस आधारमा पनि नेपालमा गरिबी प्रशस्त बढेको छ । रोजगारी गुमेको छ । पर्यटन क्षेत्रमा ७–८ लाखको रोजगारी गुमेको छ । हामीले नै तलब घटाएका छौँ । तलब घट्नेबित्तिकै गरिबी बढ्ने हो । गरिबी बढेपछि त्यसको आक्रोश अवश्य पनि बढ्ने छ । गरिब भएका मान्छेको क्रयशक्तिसमेत गुमेको छ । क्रयशक्ति गुमाएका नागरिकमा एकैपटकमा पुनः आर्थिक भार थपिने अवस्था छ । उदाहरणका लागि स्कुल/कलेजको फी पनि तिर्नुपर्ने, यता तलब घट्ने अवस्थाले औसत नेपाली अप्ठ्यारोमा छन् । अबको आम्दानीले फी तिर्न सक्ने अस्था रहँदैन । यसमा सरकारले कसरी सोचेको छ ? सडक आन्दोलन हुने अवस्था भनेको नागरिकको आयस्रोत घट्नु नै हो । नागरिक विचलित भएको अवस्थामा आन्दोलन हुने हो । 

कृषिमा मात्रै ३ खर्ब आयात हुन्छ, जसमा धानचामल नै ४० अर्ब, दाल १५–२० अर्ब, मकै २०–२५ अर्बको आयात गरिरहेका छौँ । आयात प्रतिस्थापन गर्ने पहिलो काम हुनुपर्छ । यो काम युद्धस्तरमा हुनुपर्ने हो, तर भएको छैन । साँच्चिकै भन्ने हो भने धानको उत्पादन ३० प्रतिशतले घट्दै छ । यसको कारण मल नपाएर हो । 

समस्या समाधानको अल्पकालीन र मध्यकालीन उपाय आयात घटाउने र रोजागरी सिर्जना गर्ने हो । त्यसपछि पर्यटन उद्योगको प्रवद्र्धन हो । भ्याक्सिन आएर अवस्था सहज भएपछि मानिसमा आत्मविश्वास बढेको छ । त्यही भएर मानिस अब घुम्न निस्कन्छन् । त्यसो हुँदा मुलुकको पर्यटन उद्योगलाई व्यवस्थापन गर्नुपर्नेछ । यसलाई रोजगारीमूलक बनाउनुपर्नेछ । पर्यटनमा नयाँ सोचका साथ अगाडि बढ्नुपर्छ । यही तवरबाट चलाउन खोज्नुहुन्न । 

हवाई क्षेत्रले उद्यमशीलतामा खेलेको भूमिका 

हवाई क्षेत्रले मुलुकको आर्थिक विकासमा उल्लेखनीय भूमिका खेलेको छ । हजारौँहजारले रोजगारी पाइरहेका छन् । समग्रमा हेर्ने हो भने सानो चिया पसलदेखि, ट्याक्सी, होटेल सबैलाई चलायमान बनाइरहेको छ । यी सबैलाई हेर्ने हो भने लाखौँ रोजगारी हुन आउँछ । मुलुकमा अहिले तारे होटेल प्रशस्त बनिरहेका छन् । पहिले पर्यटन काठमाडौंकेन्द्रित थियो, अहिले अन्य गन्तव्यतिर पनि विस्तार भएको छ । यसले उद्यमशीलतामा राम्रो भूमिका खेलेको देखिन्छ । 

अब सरकारले यो क्षेत्र सुधारको मार्गचित्र बनाउनुपर्छ । त्यो मार्गचित्र समयसापेक्ष हुनुपर्छ । उडान संख्या थपिँदै गएको छ, हाम्रो पूर्वाधार पनि त्यसैअनुरूप स्तरोन्नति भएको छैन । आकाशमा पनि ट्राफिक देखिएको छ, यसलाई सहज र सरलीकरण गर्दै जानुपर्छ । विमानस्थलको रनवे विस्तार, रात्रिकालीन उडान–अवतरणमैत्री पहिलो खुड्किला हो । 

हवाई सेवा सबै नागरिकको पहुँचमा हुनुपर्छ । यसलाई त्यसैअनुरूप सहज र सरल बनाउनुपर्छ । हवाई इन्धनमा अत्यधिक नाफा राखिएको छ, यसलाई घटाउनुपर्छ । जहाजको पार्टपुर्जा आयातमा करको दर अझ घटाउनुपर्छ ।