१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ८ बुधबार १६:५६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्याङयोङको नयाँ वर्ष अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ८ बुधबार १६:५६:००

नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता आइएमएस मोटर्सले नयाँ वर्ष ०७८ को अवसर पारेर ‘स्याङयोङ नववर्ष अफर’ ल्याएको छ । कम्पनीले नगद छुट तथा एक्सचेन्ज बोनससहितको योजना ल्याएको हो । 

योजनाअनुसार ग्राहकले रेक्स्टन, टिभोली अटोमेटिक ट्रान्समिसन र टिभोली म्यानुअल ट्रान्समिसनमा पाँच लाख रुपैयाँसम्म क्यास डिस्काउन्ट दिने जनाएको छ । त्यस्तै, दुई लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

यसबाहेक एक वर्ष निःशुल्क बिमा, सात वर्ष सजिलो फाइनान्स, तीन वर्ष वारेन्टी, तीन वर्ष निःशुल्क सर्भिसिङ तथा ११ हजार रुपैयाँसम्मको निःशुल्क एसेसरिज प्रदान गर्ने जनाइएको छ । यो अफर वैशाख ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।