१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:२६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंक पन्ध्रौँ वर्षमा, चालू आवको तेस्रो त्रैमासमा डेढ अर्ब नाफा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:२६:oo

७ वैशाख ०६४ मा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौध वर्ष पूरा गरी पन्धौँ वर्षमा प्रवेश गरेको छ । ५६ करोड चुक्ता पुँजीबाट स्थापना भएको बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड पुगेको बैंकले जनाएको छ । बैंकले यस अवधिमा नेपाल हाउजिङ एन्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको छ ।

त्यसैगरी, पछिल्लो समयमा सिर्जना फाइनान्सलाई पनि प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ । आर्थिक वर्ष ०७७/७८ को चैत मसान्तसम्म बैंकको कुल निक्षेप करिब १ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने करिब १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर १ अर्बभन्दा माथि रहँदै आएको छ । गत आर्थिक वर्षमा मात्र १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिब १ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ ।

स्थापनाको पहिलो वर्ष ९ वटा शाखाहरूबाट सेवा प्रदान गर्दै आएकोमा हाल यस बैंकले सातै प्रदेशमा फैलिएका आफ्ना १ सय ६७ शाखाहरूमा करिब १० लाख ग्राहक रहेका छन् ।

बैंकले विभिन्न तरकारी बजार, फलफूल बजार, स–साना किराना पसलहरू, पान पसल, पेट्रोलपम्पलगायतका स्थानहरूमा ५ हजार ३ सय १९ वटा क्युआर कोडतथा ४ सय ४० वटा पिओएस मेसिन जडान गरेको छ । आगामी दिनमा डिजिटल सेवाको विकासमा बैंक अझै आक्रामक रूपमा प्रस्तुत हुने कुरा बैंकले जनाएको छ ।