मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख ८ बुधबार
  • Monday, 14 July, 2025
२o७८ बैशाख ८ बुधबार o९:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि सुन्दरबजारलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख ८ बुधबार o९:२६:oo

जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि लमजुङको सुन्दरबजार नगरपालिकाकाले हात पारेको छ । बेँसीसहर नगरपालिका– ७ सहजी खेलमैदानमा सम्पन्न १२औँ राष्ट्रपति रनिङ सिल्ड अन्तरमाविस्तरीय खेलकुद छनोट प्रतियोगितामा १० स्वर्ण, आठ रजत र चार कांस्यपदक जित्दै सुन्दरबजार नगरपालिकाले रनिङ सिल्डको उपाधि हात पारेको हो ।

प्रतियोगितामा बेँसीसहर नगरपालिका दोस्रो भएको छ । बेँसीसहरले आठ  स्वर्ण, नाै रजत र चार कांस्यपदक जितेको छ । यस्तै राइनास नगरपालिकाले ६ स्वर्ण १० रजत र १६ कांस्य हात पार्दै तृतीय स्थान हासिल गरेको छ ।

जिल्लाका आठवटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगितामा मध्यनेपाल नगरपालिकाले चार स्वर्ण, तीन रजत र १३ कांस्य जित्दै चौथो स्थान हासिल गरेको छ भने दोर्दी गाउँपालिकाले दुई स्वर्ण, चार रजत र दुई कांस्य जितेको छ । यसैगरी क्व्होलासोँथर गाउँपालिकाले दुई स्वर्ण, एक रजत र तीन कांस्य, मर्स्याङ्दी गाउँपालिकाले दुई स्वर्ण र दुई कांस्य हात पारेको छ भने दूधपोखरी गाउँपालिकाले दुई स्वर्ण र दुई कांस्य जितेको छ ।

शनिबार सुरु भएको प्रतियोगितामा एथलेटिक्सअन्तर्गत एक सय, दुई सय, तीन सय, चार सय, आठ सय, १५ सय र तीन हजार मिटर दौड, भलिबल, कराते, हाइजम्प, लङजम्प, त्रिपलजम्पलगायतका खेल छात्रछात्रा दुवै समूहमा खेलाइएको थियो । प्रतियोगितामा आकर्षण मानिएको छात्रछात्रा भलिबल प्रतियोगितामा भने छात्रतर्फ राइनास नगपालिका र छात्रातर्फ बेँसीसहर नगरपालिका विजेता बनेको छ ।