१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o८:२१:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बजार उच्च बिन्दुमा हुँदा  कारोबार रकमको साथ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:२१:oo

गत साता नेप्से परिसूचक ४२ अंकले वृद्धि भएको छ । करिब २ हजार ७ सय बिन्दुनजिक पुगेर ओर्लिएको नेप्से २ हजार ६ सय ७४ मा आइपुगेर बन्द भएको हो ।साताभरमा बजारमा करिब ५७ प्रतिशतले वृद्धि भएर ३७ अर्ब ६० करोड रुपैयाँबराबरको कारोबार भएको हो ।

अघिल्लो साता चार दिन बजार खुला भएकोमा गत साता पाँचै दिन कारोबार खुला भएकाले पनि कारोबार रकम उच्च दरमा वृद्धि भएको हो । यद्यपि, दैनिक औसत कारोबार रकम पनि २५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो साता चार दिनमा दैनिक औसत ६ अर्ब रुपैयाँको सेयर किनबेच भएकोमा गत साता यो ७ अर्ब ५२ करोडबराबर छ । साताको अन्तिम दिनहरूमा कारोबार रकम केही घट्दै साप्ताहिक औसतभन्दा कम छ । 

गत साता निर्जीवन बिमा, जीवन बिमा, लगानी र व्यापारमूलक समूह घटेका छन् । व्यापारमूलक समूह १५ प्रतिशतले घटेको भए पनि अन्यमा सीमान्तदरले कटौती भएको छ । साताभरमा नेपाल पूर्वाधार बैंक कारोबार संख्या र रकम दुवैका आधारमा अग्रस्थानमा छ । बैंकको ३० हजारपटक भएको कारोबारमा १ अर्ब ६९ करोड रुपैयाँको सेयर किनबेच भएको हो । 

आधारभूत पक्ष 
पछिल्लो समय बैंकहरूको अन्तरबैंक कारोबारको ब्याजदर पुनः बढ्दो क्रममा देखिएको छ । यो २ दशमलव ६९ प्रतिशत छ । त्यस्तै, बैंकहरूको निक्षेप र कर्जा लगानी अनुपात बढेर ७८ प्रतिशत हाराहारी आएको छ । हालसम्म भने यो सुविधाजनक अवस्थामै छ । बैंकहरूले सेयर धितोमा दिँदै आएको कर्जामा पनि सुस्ती आएको छ । कात्तिक र पुसमा मासिक १० देखि ११ प्रतिशतसम्म वृद्धि भइरहेको सेयर धितो कर्जा माघ र फागुनमा मासिक वृद्धिदर क्रमशः २ र ५ प्रतिशतमा सीमित भएको छ । फागुनसम्ममा सेयर धितोमा कर्जा ८१ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । गत असारयता यो कर्जामा ६१ प्रतिशतले वृद्धि भएको हो । गत असारसम्ममा यस्तो कर्जा ५० अर्ब ४१ करोड रुपैयाँ थियो । 

वैशाखपछि बैंकहरूले ब्याजदरसम्बन्धी सूचना प्रकाशित गर्ने समय भएको छ । चैतमा बैंकहरूले यो दर सीमान्तदरमा वृद्धि गरेकाले पनि लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहने देखिएको छ । चैत अन्त्य नजिकिँदै गर्दा त्रैमासिक रूपमा ब्याजदर भुक्तानी गर्ने समयसमेत आएकाले यसको प्रभाव बजारमा पर्नेछ । मार्जिन कलबाट बच्नसमेत त्रैमास अन्त्यमा बजार बढाइने प्रवृत्ति यसअघि देखिँदै आएको छ । 

वैशाखपछि सूचीकृत संस्थाहरूको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित हुने भएकाले पनि बजार तत्काललाई धेरै घट्ने सम्भावना भने छैन । वैशाखपछि कम्पनीहरूको मूल्य थप बढ्ने अपेक्षामा लगानीकर्ता रहने भएकाले पनि बजारलाई यसको टेवा मिल्ने देखिएको छ । बजार उच्च स्थानमा रहँदा पछिल्ला दिनमा केही कम्पनीहरूको मूल्यसमेत उच्च भएकाले कम्पनीले दिने प्रतिफलले धान्ने अवस्था नदेखिएमा भने यसको प्रभाव पर्न सक्छ । अहिले बजार यिनै विविध कारणले पर्ख र हेरको अवस्थामा रहनेछ । 

प्राविधिक विश्लेषण  
नेप्सेको रेखाचित्रले भने एक महिनाअघि १० फागुनमा अन्तरदिनको कारोबारमा बनाएको उच्च बिन्दु २ हजार ६ सय ७३ दशमलव ८५ बिन्दुमा नेप्सेले कडा प्रतिरोध सामना गरिरहेको देखिन्छ । बन्द बिन्दुका आधारमा यसअघिको प्रतिरोध २ हजार ६ सय ४० पार गरेको भए पनि नेप्से त्यसै दिनको उच्च बिन्दुमा आएर थामिएको छ । यसपटक भने नेप्सेले अन्तरदिनको कारोबारमा २ हजार ६ सय ९४ बनाएको छ । 

नेप्सेको ७ दिने र २१ दिने रेखामा गोल्डेन क्रस ओभर भएर बजारले बुलिस प्रवृत्ति समातेको देखिन्छ । ७ दिने रेखामाथि लागेमा बजार बुलिस र २१ दिने रेखामाथि लागेमा बजार बियरिस प्रवृत्तिमा रहेको मानिन्छ । २१ दिने रेखा ७ दिने रेखासँग क्रस ओभर भएर माथि लागेमा डेथ क्रस ओभर भएको मानिन्छ । 

नेप्सेको १४ दिने आरएसआई सूचकले बजारमा अधिक खरिद भइरहेको संकेत गर्छ । यो स्केल ८२ दशमलव ४९ मा छ । यद्यपि, यो स्केलमा ओर्लने क्रममा छ । नेप्सेको मैनबत्ती चित्रले गत साता सबै दिन रातो (कालो) मैनबत्ती आकृति बनाएको छ । यद्यपि दुई दिनमा पहिलो दिनको मैनबत्तीको शरीरको आकारभित्रै रहने गरी अन्तिम दिनको मैनबत्ती बनेको छ । यसले होमिङ पिजन बुलिस आकृति बनाएको छ । यसले आगामी साता बजार बुलिस प्रवृत्तिमा जान सक्ने संकेत दिएको छ । यो संकेत प्रभावका आधारमा मध्यम मानिन्छ । 
 

ad
ad