मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ चैत १५ आइतबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ चैत १५ आइतबार o६:१८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकद्वारा  ग्लोबल इकम डलर कार्ड जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ चैत १५ आइतबार o६:१८:oo

ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल इकम डलर कार्ड’ जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधानअनुसार बैंकले डलर कार्ड जारी गरेको हो ।

बैंकले जारी गरेको डलर कार्डबाट भारतबाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी तथा युट्युब, फेसबुक, ट्विटर, वाट्सअपलगायत सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवर्द्धन गर्न प्रयोग गर्न सकिने जनाइएको छ ।

ग्राहकवर्गले आफ्नो नागरिकता र प्यान कार्ड पेस गरेर बैंकमा खाता खोली ५ सय रुपैयाँ सेवाशुल्क तिरेर यो सुविधा लिन सक्ने बैंकले जनाएको छ ।  

बैंकले देशका ७६ जिल्लामा २ सय ७० शाखा, २ सय ४२ एटिएम, २ सय ५६ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ ।