१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १५:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:३६:oo

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय कोटेश्वरमा सोमबार बसेको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

सोमबारको बैठकमा टिप्पणी र सुझाब राख्ने काम भएको चौलागाईंले जानकारी दिए । उनका अनुसार सोमबारको बैठकमा २० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । 

धारणा राख्ने अधिकांश सदस्यले पार्टीको नाम अहिले परिवर्तन गर्न आवश्यक नभएकोमा जोड दिएका छन् । उनीहरूले संगठन कसरी विस्तार गर्ने, एकता किन टुट्यो भन्ने विषयमा जनतालाई बुझाउने गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

मंगलबार संसद् बैठक रहेको र दलहरूबीच राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्नुपर्ने भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक स्थगित गर्न प्रस्ताव गरेका थिए । चौलागाईंले भने, ‘आवश्यक परे स्थायी कमिटीले निर्णय गर्ने गरी केन्द्रीय कमिटी बैठक केही समय स्थगित गरौँ भन्ने अध्यक्षको प्रस्ताव थियो । धारणा राख्न चाहनेको संख्या धेरै भएको र संसद् बैठक तथा दलहरूबीचको छलफलका कारण जारी बैठक स्थगित भएको छ ।’

उनका अनुसार राष्ट्रिय भेलाअघि केन्द्रीय कमिटी बैठक बस्नेछ । राष्ट्रिय भेलाको मिति भने तय भइसकेको छैन ।
 

ad
ad