मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७७ चैत २ सोमबार १०:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीलाई भेट्न नेपाल र खनाल धुम्बाराही जाँदै

Read Time : < 1 मिनेट
२०७७ चैत २ सोमबार १०:३५:००

पार्टी विभाजनको तीन महिनापछि नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले भेटवार्ता गर्ने भएका छन् । सोमबार ११ बजे ओलीलाई भेट्न नेपाल र खनाल धुम्बाराही पुग्ने भएका छन् ।

दुवै समूहबीच तिक्तता बढिरहेको वेला ओलीले नेपाल र खनालसँग छलफल गर्न लागेका हुन् । तिक्तताकै बीचमा चैत ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षले फागुन २८ गते ओलीले बालुवाटारमा गरेको निर्णय खारेज नगरेसम्म बैठकमा सहभागी नहुने अडान राखिरहेको छ । यही अडानको बीचमा ओलीसँग नेपाल र खनालकाे  छलफल हुन लागेको हो । 

ओली पक्षको निर्णयको विरुद्धमा आक्रामक प्रतिवादमा उत्रिने भन्दै नेपाल पक्षले चैत ४ र ७ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । तर, ओलीले भने एक कदम पछि हटेर चैत ३ मै नेपाल र खनालसहितलाई समेट्ने गरी चियापानको तयारी गरेका छन् । 

दुई समूहबीच बढेको तिक्तता मेटाउन र सौहार्दपूर्ण वातावरण तयारी गर्नका लागि चियापानको आयोजना गरिएको स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।