मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण २६ बुधबार
  • Thursday, 19 December, 2024
२o७७ फाल्गुण २६ बुधबार o९:o८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मनाङमा महिलाको नाममा घरजग्गा कारोबार बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण २६ बुधबार o९:o८:oo

हिमाली जिल्ला मनाङमा पछिल्लो समय महिलाको नाममा घरजग्गा कारोबार बढेको छ । मालपोत कार्यालय मनाङका अनुसार महिलाको नाममा घरजग्गा पास बढेको हो । 

महिलाको नाममा घरजग्गा पास गर्दा लाग्ने राजस्वमा २५ प्रतिशत छुटको व्यवस्था छ । यसले पनि संख्या बढेको हुन सक्ने मालपोत कार्यालय मनाङका निमित्त मालपोत अधिकृत वसन्त जिसीले बताए । 

आर्थिक वर्ष ०७५/७६ मा जिल्लामा एक सय ४७ जनाले घरजग्गाको कारोबार गरेकोमा १७ जना महिलाको नाममा पास भएको छ । आर्थिक वर्ष ०७६/७७ मा एक सय ५० जनाले घरजग्गा कारोबार गर्दा १५ वटा घरजग्गा महिलाको नाममा रजिस्ट्रेसन पास भएको छ । यस्तै, चालू आर्थिक वर्षको हालसम्म ८५ जनाले घरजग्गाको कारोबार गरेकोमा तीनवटा महिलाको नाममा कारोबार भएको निमित्त मालपोत अधिकृत जिसीले बताए । 

सरकारले महिला, दलित, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा नाबालक, सहिद परिवार, उद्योगधन्दालगायतका शीर्षकमा जग्गाको स्वामित्व लिँदा रजिस्ट्रेसन दस्तुरमा छुट दिने व्यवस्था गरेको छ । त्यसैले महिलाको स्वामित्वमा जग्गा पास गर्नेको संख्यामा वृद्धि भएको जिसीले बताए । महिलाको नाममा स्वामित्व हुने गरी जग्गा पास गरे राजस्वमा २५ प्रतिशत छुट दिने व्यवस्था छ ।