मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ५ आइतबार
  • Sunday, 18 April, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २३ आइतबार ११:१८:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २३ आइतबार ११:१८:००

प्रधानमन्त्री केपी ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रधानमन्त्री ओलीले शिक्षण अस्पताल महाराजगन्जमा खोप लगाएका हुन् । प्रधानमन्त्री ओलीसँगै श्रीमती राधिका शाक्यले पनि खोप लगाएकी छिन् ।

यसअघि पूर्वप्रधानमन्त्रीसहित एक सय ६५ सांसदले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपालले खोप लगाएका छन् । उनीहरूले नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा कोभिडविरुद्धको खोप लगाएका थिए ।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले खोप लगाउनेबारेमा अझै निर्णय लिएकी छैनन् ।