मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २२ शनिबार १६:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा ओली समूहको बैठकमा ११५ सांसद उपस्थित भएको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २२ शनिबार १६:३३:००

नेकपा ओली समूहले संसदीय दलको बैठकमा ११५ भन्दा बढी सांसद उपस्थित भएको दाबी गरेको छ ।प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ सदस्य उपस्थित भएको राष्ट्रिय सभाका नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईले  बताए  ।  प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी ओलीले भोलि यो संख्या बढ्ने बताएको भट्टराईले जानकारी दिए । 

कानुनी हिसाबले नेकपा विभाजन हुन कठिन रहेको भन्दै उनले पार्टी एक हुने बताएका छन् । उत्साहको साथ आफूहरू अगाडि बढेको भट्टराईले बताए । 

ओली समूहले बैठकमा सहभागी हुन प्रचण्ड–माधव समूहका सांसद र एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतमलाई पनि निम्तो दिएको थियो । तर, उनीहरू सहभागी भएनन् ।

यसअघि शुक्रबार नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक बसेको थियो । बैठकमा १११ (बहुमत) सांसद उपस्थित भएका थिए । सो समूहले चारजना सांसद बाहिर रहेको बताएका छन् । बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको थियो । 

गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधिसभा भंग गर्ने निर्णय असंवैधानिक भन्दै सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएको
छ ।