१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस/एएनआई नयाँदिल्ली
२o८१ बैशाख ३१ सोमबार १४:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट

भारतमा एकै दिन थप १८ हजार नयाँ संक्रमित , १०८ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस/एएनआई नयाँदिल्ली
नयाँ पत्रिका नयाँदिल्ली
२o८१ बैशाख ३१ सोमबार १४:३६:oo

कोरोना भाइरसका कारण भारतमा थप १८ हजार तीन सय २७ जना संक्रमित भएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा अरू एक सय आठजनाको मृत्यु पनि भएको यहाँको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । 

योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ११ लाख ९२ हजार ८८ पुगेको अधिकारीहरूले जनाएका छन् । कुल संक्रमितमध्ये एक लाख ८० हजार तीन सयजना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । 

भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख ५७ हजार ६ सय ५६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको
छ । सरकारी अधिकारीका अनुसार यही ५ मार्चका दिनसम्म २२ करोड ६ लाख ९२ हजार ६ सय ७७ जनाको कोरोना परीक्षण गरिएको छ । तीमध्ये सात लाख ५१ हजार नौ सय ३५ जनाको परीक्षण शुक्रबार मात्रै गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ । 

भारतमा देशभरि अहिलेसम्म एक करोड ९४ लाख ९७ हजार ७०४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । 
 

ad
ad