सांसदहरूले लगाए कोरोनाविरुद्धको खोप

बुधबार, १९ फागुन, २०७७
डिजिटल संस्करण

सांसदहरुले कोरोनाविरुद्धको खोप लगाएका छन् । बुधबार बिहान १० बजेदेखि काठमाडौंको सिभिल अस्पतालमा सांसदहरूलाई खोप लगाउने क्रम जारी छ । 

फागुन २३ बाट प्रतिनिधिसभाको बैठक बस्ने भएपछि संघीय संसद्का सभामुख, सांसद, कर्मचारीहरुलाई कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको हो । भ्याक्सिन १९, २० र २१ गतेसम्म लगाइने संसद् सचिवालयले बताएको छ।

बुधबार सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, मातृका यादव, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, देव गुरुङलगायतका नेता तथा सांसदहरुको खोप लगाए ।

त्यस्तैऽ विभिन्न संसदीय समितिका सभापतिहरु पनि खोप लगाउन सिभिल हस्पिटल पुगिसकेका छन् । संघीय संसद्का महासचिव, सचिव, मर्यादापालक र संसदीय पत्रकारहरूलाई पनि आजै खोप लगाउने योजना रहेको सचिवालयको भनाइ छ।

तस्बिर : संजित परियार

See More On

सुझावित समाचार