मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ५ बुधबार १७:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपाले ९ फागुनमा देशभर जनप्रदर्शन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ५ बुधबार १७:५२:००

जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभा विघटनविरुद्ध ९ फागुनमा देशभर जनप्रदर्शन  र  विरोध सभा गर्ने भएको छ । पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बुधबार प्रेस विज्ञप्ति जारी गरी ‘जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी कदमविरुद्ध’को जनप्रदर्शनमा सहभागी हुन अनुरोध गरेका छन् । 

देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा जनप्रदर्शन र विरोध सभा गरिने उनले बताएका छन् ।

काठमाडौँको रत्नपार्कमा पार्टीनिकट सबै भ्रातृ तथा जनसंगठन र काठमाडौँ, ललितपुर र भक्तपुर  जिल्ला समितिले संयुक्त रूपमा जनप्रदर्शन र विरोध सभा गर्ने विज्ञप्तिमा उल्लेख छ ।