मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ माघ २७ मंगलबार
  • Wednesday, 09 July, 2025
एजेन्सी मुम्बई
२o७७ माघ २७ मंगलबार १५:१८:oo
Read Time : < 1 मिनेट
सप्तरंग

बलिउड अभिनेता राजीव कपुरको निधन

Read Time : < 1 मिनेट
एजेन्सी मुम्बई
नयाँ पत्रिका मुम्बई
२o७७ माघ २७ मंगलबार १५:१८:oo

बलिउडका अभिनेता राजीव कपुरको निधन भएको छ । उनकाका भाइ रणधीर कपुरले उनकाे मृत्युबारे मंगलबार सार्वजनिक गरेका हुन् । 

रणधीरका अनुसार राजीवको निधन हृदयाघातका कारण भएको हो । उनको निधन ५८ वर्षको उमेरमा भएको हो । उनले सन् १९८३ मा बनेको एक जान हे हम सिनेमाबाट अभिनयको क्षेत्रमा प्रवेश गरेका थिए । राज कपुरद्वारा निर्देशित सिनेमा राम तेरी गंगा मैलीबाट भने बलिउडमा उनले आफ्नो स्थान सुरक्षित गरेका थिए । उनले धेरै सिनेमामा अभिनय नगरे पनि अभिनय गरेका सिनेमा निकै राम्रा छन् । यस्तै ऋषि कपुर अभिनीत सिनेमा ‘प्रेम ग्रन्थ’ राजीवले नै निर्देशन गरेका हुन् । उनी ऋषि कपुरका पनि भाइ हुन् ।