मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ २७ मंगलबार ०७:४९:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

माउन्ट केटु  आरोहीलाई  पोखरामा नागरिक अभिनन्दन

Read Time : < 1 मिनेट
२०७७ माघ २७ मंगलबार ०७:४९:००

विश्वको दोस्रो अग्लो माउन्ट केटु हिमालको सफल आरोहण गर्ने नेपाली टोलीका सदस्यलाई सोमबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ । २ माघमा पाकिस्तानमा रहेको सो हिमाल आरोहण गर्ने टोलीका सदस्यलाई पोखरामा रहेका पर्यटनसँग सम्बन्धित संघसंस्थाले अभिनन्दन गरेका हुन् ।

हवाई मार्ग हुँदै पोखरा आएका उनीहरूलाई आयोजकले पोखरा विमानस्थलमा स्वागत गरी बाजागाजासहित पृथ्वीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, न्युरोड, जिरोकिमी, लोकसाइडलगायत पोखराका विभिन्न भागको परिक्रमा गराएका थिए ।

आरोहण टोलीको स्वागत र नगर परिक्रमापछि लोकसाइडस्थित एक होटेलमा आयोजित कार्यक्रममा उनीहरूलाई पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलगायतले सम्मान गरे । आरोहण टोलीमा निर्मल पुर्जा, मिङमाडेविट शेर्पा, मिङमातेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेमचिरी शेर्पा दाबातेम्बा शेर्पा, मिङमाजी शेर्पा, दाबातेन्जिङ शेर्पा, किलुपेम्बा शेर्पा, सोना शेर्पा थिए ।

कार्यक्रममा ६०१२ मिटर अग्लो धम्पुस पिकको सफल आरोहण गर्ने ६ जनाको टोलीलाई समेत सम्मान गरिएको थियो । टासी पासाङ गुरुङ, मन गुरुङ, सनकुमार जुग्जाली, दिपेशबाबु सुवेदी, सुदीप गौतम र हिराकुमारी मल्लले यही माघको पहिलो साता धम्पुस पिकको सफल आरोहण गरेका थिए ।