१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १o:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भरतपुरभित्रका विपन्न परिवारलाई आवास निर्माण सामग्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:३९:oo

रातापुरका शिवराम चौधरी मेयरसहितका जनप्रतिनिधि जस्तापाता  लिएर आफ्नो घरमा आइपुग्दा दंग परे । खरको झुपडीमा बस्दै आएका ७२ वर्षका चौधरी जस्ताको छानोमुनि बस्न पाउने भएपछि खुसी देखिन्थे । भरतपुर महानगरपालिकाले आफ्नो महानगरपालिका क्षेत्रमा खरको छानोमुक्त अभियान सञ्चालन गरेको छ । त्यसका लागि महानगरपालिकामार्फत आर्थिक रूपमा विपन्न परिवारलाई जस्तापाता, फलामको पायप, सिमेन्टीको पोल र नगद सहयोग सुरु गरेको हो ।  

नागरिक सुरक्षित आवास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल बुधबार आफैँ आवास निर्माण सामग्री लिएर चौधरीको घरमा पुगेकी हुन् । ‘जस्तापाताले घर बनाउने सपना पुरानो हो, तर आफ्नो आम्दानीले किन्न सकेको थिइनँ,’ खुसी हुँदै चौधरीले भने, ‘महानगरले नै जस्ताको घर बनाउन निर्माण सामग्री र पैसा दिएकोमा खुसी लागेको छ ।’

शिवराम चौधरीजस्तै भरतपुर २७ सुकुम्बासी बस्तीकी धनकुमारी माझी र चन्द्रमाया परियाले पनि छिट्टै जस्तापाता लगाएको नयाँ घर बनाउँदै छन् । ‘पानी पर्दा घरभित्रै त्रिपाल ओडेर बस्नुपर्ने अवस्था थियो,’ खुसी हुँदै माझीले भनिन्, ‘अब जस्ताले छाएको घरमा हिउँद–बर्खामा ढुक्कले निदाउन पाइने भइयो ।’ चन्द्रमायाको परिवार भने गएको बर्खामा नारायणीले घर बगाएपछि अरूको घरमा बस्दै आएकाे थियाे । 

आफ्नो आम्दानीले खरको छाना फेर्न नसक्ने परिवारलाई महानगरपालिकामार्फत आवास निर्माण सामग्री सहयोग गरेको मेयर रेनु दाहालले बताइन् । कोभिडका कारण वितरण गर्न नसकिएको कारण गत वर्षकै कार्यक्रमअन्तर्गतको एक सय  नाै  घरलाई बुधबार निर्माण सामग्री वितरण गरिएको हो । 

यो आर्थिक वर्षमा ६ सय घरपरिवारलाई निर्माण सामग्री वितरण गर्ने कार्यक्रम रहेको उनले बताइन् । ‘हामी हाम्रो कार्यकालसम्म खरको छानामुक्त महानगरपालिका घोषण गर्छाैँ,’ उनले भनिन्  क्रमशः बाँकी घरधुरीलाई समेत सहयोग गर्नेछौँ । यो अभियानमार्फत २० थान जस्तापाता, फलामका नाै थान पाइप र सिमेन्टको नाैवटा पोल र नगद एक हजार पाँच सय रुपैयाँ राखिएको छ । 
 

ad
ad