Skip This
ad
नयाँदिल्लीस्थित  इजरायली दूतावासनजिक  बम विस्फोट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँदिल्ली एजेन्सी
२o८१ बैशाख २६ बुधबार o६:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

नयाँदिल्लीस्थित  इजरायली दूतावासनजिक  बम विस्फोट

Read Time : < 1 मिनेट
नयाँदिल्ली एजेन्सी
नयाँ पत्रिका एजेन्सी
२o८१ बैशाख २६ बुधबार o६:२२:oo

भारतको राजधानी नयाँदिल्लीस्थित इजरायली दूतावासनजिक बम विस्फोट भएको छ । विस्फोटबाट नजिकका कारमा क्षति पुगेको, तर कोही पनि घाइते नभएको बिबिसीले उल्लेख गरेको छ । कम क्षमताको कुनै विस्फोटक उपकरण प्रयोग गरी विस्फोट गराइएको भारतीय प्रहरीले जनाएको छ ।

यस विषयमा अनुसन्धान भइरहेको इजरायलले जनाएको छ । तर, यसलाई आतंककारी हमलाको रूपमा लिएको एक इजरायली अधिकारीले समाचार एजेन्सीहरूलाई बताएका छन् । ‘दूतावासका कर्मचारी तथा भवनमा विस्फोटबाट कुनै प्रभाव परेको छैन, घटनाका बारेमा भारतीय अधिकारीहरूले छानबिन गरिरहेका छन्,’ इजरायली विदेश मन्त्रालयले जनाएको छ । 

शुक्रबार भारतको स्थानीय समयअनुसार साँझ ५ बजेलगत्तै विस्फोट भएको थियो । त्यसलगत्तै प्रहरीले घटनास्थललाई घेराउ गरेको थियो । ‘यो सनसनी मच्चाउने उद्देश्यका साथ गरिएको एक दुष्प्रयास रहेको देखिन्छ,’ दिल्ली प्रहरीले विज्ञप्ति जारी गर्दै जनाएको छ । 

नौ वर्षअघि कारमुनि राखिएको बम विस्फोट हुँदा नयाँदिल्लीमै एक इजरायली कूटनीतिक अधिकारीकी श्रीमती घाइते भएकी थिइन् । सोही दिन जर्जियाको राजधानी बिलिसीमा पनि इजरायली कूटनीतिक गाडीमुनि बम राखिए पनि त्यो विस्फोट हुनबाट जोगिएको थियो । 

ad
ad