१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ १६ शुक्रबार २०:०६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शिलान्यास र सभाका लागि प्रधानमन्त्री चितवन आउँदै, महानगर र नेकपा चितवनको विरोध

Read Time : > 1 मिनेट
२०७७ माघ १६ शुक्रबार २०:०६:००

प्रधानमन्त्री केपी ओली चितवन आएर महानगरीय सिटीहल र पुलचोक–गोन्द्राङ ६ लेन सडक शिलान्यास गर्ने विषयको भरतपुर महानगरपालिका र प्रचण्ड–माधव पक्षीय नेकपा चितवनले विरोध गरेका छन् । दुई छुट्टाछुट्टै कार्यक्रम गर्दै महानगर र नेकपा चितवनले कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले राज्यशक्तिको दुरुपयोग गर्दै व्यक्तिगत चर्चाका लागि काम सुरु भएको योजना शिलान्यास गर्न आएको आरोप लगाएका छन् । 

महानगरको गौरवको आयोजनामा संघीय सरकारको ठाडो हस्तक्षेप : प्रमुख रेनु दाहाल
भरतपुर महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा निमार्णाधीन सुविधासम्पन्न सिटीहल र पुलचोक–गोन्द्राङ ६ लेन सडक विस्तार एवं सुधार भरतपुर महानगरपालिकाको निरन्तर पहलमा सुरु भएको र तीव्र गतिमा काम भएको अवस्थामा महानगरसँग समन्वय र जानकारी नगराई परियोजनाको शिलान्यासको तयारी गरेर प्रधानमन्त्रीको जस लिन खोजेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताएकी छिन् । 

‘भरतपुर महानगरपालिकाको करिब तीन वर्षदेखिको निरन्तर प्रयासले महानगरीय सिटीहल र पुल्चोक–गोन्द्राङ सौन्दर्यीकरणसहितको ६ लेनको सडकको दुई महिनादेखि काम सुरु हुँदै छ । हामीले पुल्चोक– गोन्द्राङ सौन्दर्यीकरणसहितको ६ लेनको सडक निर्माणका लागि दोस्रो नगर सभाबाट समेत पारित गरी अगाडि बढायौँ । पटकपटकको प्रयासपछि संघीय सरकारअन्तर्गतको मन्त्रालय बजेटमा काम सुरु भयो । काम सुरु हुनुभन्दा अघि नै पटकपटक शिलान्यासको मिति तोकेर तयारी ग¥यौँ । तर, अनेक बहाना बनाई शिलान्यास गर्न दिइएन,’ दाहालले भनिन्, ‘शिलान्यास कार्यक्रमपछि आमसभासमेत राखिएको सुनिएको छ, शिलान्यास कार्यक्रम भन्ने अनि राज्यको दुरुपयोग गरेर आमसभा राख्न मिल्छ ?’

भरतपुर महानगरले यसअघि पटकपटक अर्थमन्त्री विष्णु पौडेलसँग कुराकानी गरेर शिलान्यास गर्न खोज्दा विभिन्न बहानाबाजी गरेर रोक्ने काम भएको दाहालले बताइन् ।

कार्यक्रममा भरतपुर– २१ का वडाध्यक्ष चित्रसेन अधिकारीले स्थानीय स्वायत्त शासनलाई संघीय सरकारले हस्तक्षेप गरेको बताए । उनले भने, ‘प्रतिनिधिसभा विघटन गरेको सरकारले शिलान्यास गर्दै हिँड्न मिल्दैन, यसको ठूलो मूल्य चुकाउनुपर्छ ।’ 

पञ्च¥यालीको शैलीमा सत्ताको दुरुपयोग : नेकपा चितवन
नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजितले ओली समूहका केही व्यक्तिले जिल्लामा नेकपा जिल्ला कमिटीको नाममा गतिविधि गरेकोमा आपत्ति जनाएका छन् । विधानबमोजिम गठित आधिकारिक पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी चितवनको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले सो कार्यक्रमलाई गुटको कार्यक्रम भन्दै आफूहरूको संलग्नता नहुने बताए । 

प्रतिनिधिसभा विघटन गरेर ओली सरकारले सत्ता र पदको दुरुपयोग गरी जनतालाई भ्रम छर्न लागिपरेको र आफैँले घोषणा गरेको निर्वाचनको आचारसंहिताविपरीत कामचलाउ प्रधानमन्त्रीबाट शिलान्यासको नाटक मञ्चन गरिनु हास्यापद रहेको उनको भनाइ छ ।