मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौैं
२०७७ माघ १६ शुक्रबार ०६:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई र युनिमोनीबीच रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
२०७७ माघ १६ शुक्रबार ०६:५९:००

रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको कम्पनी युनिमोनी कतार र नेपालको विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड तथा आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पिटुपी मनी ट्रान्सफरका लागि सम्झौता भएको छ । युनिमोनी कतारमार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सीधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्ने व्यवस्थासम्बन्धी सम्झौता भएको हो । 

सम्झौताअनुसार युनिमोनी कतारबाट नेपालको आइएमई पेमा सीधै पैसा पठाउने पहिलो एक्सचेन्ज हुने कम्पनीले जनाएको छ । समझदारी डिजिटल ट्रान्सफर्मेसनमा दुवै कम्पनीका लागि अर्को महत्वपूर्ण फड्को रहेको आइएईले जनाएको छ । यसबाट कतारमा रहेका आफ्ना सेवाग्राहीलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको जनाइएको छ । 

रोजगारीका वा व्यापार–व्यवसायका लागि कतारभरि छरिएर रहेका नेपाली नागरिकले युनिमोनी कतारबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्ने युनिमोनी कतारका महाप्रबन्धक फ्ल्योद जोहनीले बताएको कम्पनीले उल्लेख गरेको छ ।

आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्तकर्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने महाप्रबन्धक जोहनीले बताए । आइएमई पे ब्रान्डको प्रवद्र्घित संस्था आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले कोभिड–१९ महामारीको समयमा सेवाग्राहीले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्वपूर्ण रहेको बताएको जनाइएको छ ।