मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ माघ १५ बिहीबार ११:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिगमनविरुद्ध जारी आन्दोलनले देशव्यापी जागरण पैदा गर्‍यो : नेकपा प्रचण्ड-माधव समूह

Read Time : < 1 मिनेट
२०७७ माघ १५ बिहीबार ११:१३:००

नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको आज बसेको बैठकले प्रतिगमनविरुद्ध जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्‍याउनेमा जोड दिएको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिँदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले  जनपरिचालन गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।

आफूहरूसँग केन्द्रीय कमिटीको दुईतिहाइ रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले कुनै द्विविधाविना लाग्नुपर्ने बताए । 

अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्तापंक्तिलाई निर्देशन दिए । बैठकले यही माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको छ ।