Skip This
ad
प्रचण्ड–नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि हटायो (भिडियोसहित)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १९:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड–नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि हटायो (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १९:२१:oo

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको नेकपाले प्रधानमन्त्री केपी ओलीलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बैठकपछि सञ्चारकर्मीहरूसँग श्रेष्ठले पार्टीको अध्यक्षसमेत रहेका ओलीलाई पार्टी अनुशासन उल्लंघन गरेकाले कारबाही गरेको बताए । 

यसअघिको बैठकले ओलीलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको थियो । प्रचण्ड–नेपाल समूहले यसअघि ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो ।

बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा स्थायी कमिटी सदस्य गंगालाल तुलाधरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । अर्को बैठक दुई दिनपछि बस्ने श्रेष्ठले जानकारी दिए ।
 

ad
ad