Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ पौष २८ मंगलबार १९:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा पुनर्स्थापना नभए निर्वाचनपछि कांग्रेस महाधिवेशन : विमलेन्द्र निधि

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ पौष २८ मंगलबार १९:५१:००

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा पुनर्स्थापना नभए पार्टीको १४औँ महाधिवेशन निर्वाचनपछि हुने बताएका छन् । प्रेस युनियन धनुषाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले पुनर्स्थापना  भएको अवस्थामा भने महाधिवेशन पहिला हुने बताए । 

पार्टीभित्र दुई किसिमको विचार आइरहेको विषयमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका निधिले भने, ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, यसमा पार्टीभित्रै फरक–फरक विचार हुन सक्छ । तर, पार्टीले जुन निर्णय गर्छ, त्यो नै पार्टीको आधिकारिक निर्णय हुन्छ ।’ 

उनले विघटनको विषयमा नेता वा अन्य व्यक्तिले राख्ने विचारलाई दबाबको रूपमा लिन नहुनेसमेत बताए । निधिले लोकतान्त्रिक व्यवस्था भएको मुलुकमा सर्वसाधारणले आफ्ना अभिव्यक्ति राख्ने स्वतन्त्रता रहेकाले त्यसलाई दबाबको रूपमा लिन नहुने बताए । पूर्वप्रधानन्यायाधीशहरूले प्रतिनिधिसभा विघटनको विषयमा राख्ने धारणा अनावश्यक वा दबाबपूर्ण नरहेको पनि उनले बताए । 

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेको, तर निर्वाचन भने संवैधानिक रहेको उनको भनाइ छ । ‘अदालतले प्रतिनिधिसभा पुनस्र्थापना वा निर्वाचनमध्ये एक फैसला गर्छ, त्यसैले अहिले कांग्रेस अदालतको फैसलाको प्रतीक्षामा बसेको छ,’ उनले भने ।

आफूहरूले आन्तरिक रूपमा निर्वाचनको तयारी गरिरहेकोसमेत उनले जानकारी दिए । अन्य दलहरूलाई पनि निर्वाचनको तयारीमा जुट्न उनले आग्रहसमेत गरे । 

नेपालमा राजतन्त्र वा हिन्दूराष्ट्र अब नफर्कने उनले दाबीसमेत गरे ।