१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:४o:oo

महान् ब्याडमिन्टन खेलाडी आर्थर एस सन् १९८३ मा गम्भीर बिरामी परे । उनलाई मुटुको अप्रेसन गर्नुपर्ने भयो । तर, त्यति वेला उनको उपचारमा संलग्न डाक्टरले एउटा गम्भीर गल्ती गरे । उनको शरीरमा एड्स विषाणुबाट संक्रमित रगत चढाइयो ।

सोही गल्तीका कारण उनी एड्स रोगको चपेटामा परे र उनको जीवन अन्ततः तहसनहस भयो । उनी मृत्युशड्ढयामा पुगे । उनका शुभचिन्तकले विश्वभरबाट चिठी पठाइरहेका थिए । धेरैले पत्रमा लेखेका थिए, ‘भगवान्ले तपाईंलाई नै किन यति भयानक रोग दिए होलान् ?’

त्यसको जवाफस्वरूप अर्थरले लेखे– विश्वभर पाँच करोड केटाकेटी टेनिस खेल्छन् । त्यसमा ५० लाखले सिक्छन् पनि । पाँच लाख प्रोफेसनल टेनिस खेलाडी बन्छन् । त्यसमध्ये ५० हजारले टिममा स्थान बनाउँछन् । पाँच सय विभिन्न प्रतियोगितामा भाग लिन पुग्छन् र ५० अन्तर्राष्ट्रिय प्रतियोगितामा ।

चार सेमिफाइनलसम्म र दुईजना मात्र फाइनलसम्म पुग्छन् । जब मैले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाएँ, तब मैले भगवान्लाई म नै किन भनेर सोधिनँ । र, आजको यो असह्य पीडामा पनि म सोध्दिनँ, ‘म नै किन ?’

ad
ad