मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
एजेन्सी बेइजिङ
२०७७ पौष २० सोमबार १६:३५:००
Read Time : < 1 मिनेट
विश्व

अलिबाबा समूहका मालिक एवं अर्बपति ज्याक मा दुई महिनादेखि बेखबर

Read Time : < 1 मिनेट
एजेन्सी बेइजिङ
२०७७ पौष २० सोमबार १६:३५:००

अलिबाबा समूहका मालिक एवं चीनका अर्बपति ज्याक मा दुई महिनादेखि सार्वजनिक रूपमा देखिएका छैनन् । अलिबाबाको माध्यमबाट चीनमा अनलाइन सपिङ सुरु गरेका ज्याक मा चीनका तेस्रो सबैभन्दा धनी व्यक्ति हुन् । 

चीनका राष्ट्रपति सी जिनपिङसँग भएको विवादपछि उनी बेपत्ता भएको हुन सक्ने चर्चा छ । ज्याक माले गत अक्टोबरमा वित्तीय नियम र सरकारी बैंकको विषयमा भाषण दिने क्रममा आलोचना गरेका थिए । उनले यस्ता नियमले व्यापारिक क्षेत्रमा नयाँ केही गर्न चाहनेका लागि दबाउने बताएका थिए । यो भाषणपछि चीनको सत्तारुढ पार्टी चिनियाँ कम्युनिस्ट पार्टीले विरोध गरेको थियो । उनको भाषणलाई पार्टीमाथिको हमला भनिएको थियो । यसपछि उनको व्यापारमा अवरोधहरूसमेत हुन थालेको थियो ।
 
गत नोभेम्बरमा चिनियाँ अधिकारीहरूले ज्याक माको कम्पनी एन्ट ग्रुपद्वारा जारी गर्न लागेको ३७ अर्ब डलरबराबरको आइपिओलाई पनि रोकेका थिए । वाल स्ट्रिट जर्नलको रिपाेर्टअनुसार ज्याक माको एन्ट ग्रुपको आइपिओ रद्द गराउन राष्ट्रपति सी जिनपिङले नै आदेश दिएका थिए । पछि ज्याक मालाई अलिबाबा ग्रुपमाथि जारी अनुसन्धान पूरा नभइन्जेल चीनबाहिर नजान पनि भनिएको थियो । तर, ज्याक माको टेलिभिजन कार्यक्रम ‘अफ्रिका बिजनेस हिरोज’को फाइनल हुनुभन्दा ठीक अघि (नोभेम्बर) देखि सम्पर्कविहीन छन् । यति मात्रै होइन, यस कार्यक्रमबाट उनको फोटोसमेत हटाइएको छ । हुन त उनले कार्यक्रम सकिनुभन्दा केही साताअघि ट्विटरमार्फत सबै सहभागीसँग कुराकानी गर्न नसक्ने बताएका थिए । यसपछि नै उनको ट्विटर एकाउन्टबाट कुनै पोस्ट भएको छैन । यसअघि उनी ट्विटरमा सक्रिय थिए ।