मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष ५ आइतबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ पौष ५ आइतबार ११:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपालाई सरकार चलाउन जनताले दिएको म्यान्डेटको वैधता सकियो : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ पौष ५ आइतबार ११:४३:oo

कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिससँगै जनताले नेकपालाई सरकार चलाउन दिएको म्यान्डेटको वैधता सकिएको बताएका छन् । उनले प्रधानमन्त्री केपी ओली अयोग्यता र अहंकारको योगफल भएको टिप्पणी गरे । 

‘प्रधानमन्त्री ओली अहंकार र अयोग्यताको योगफल हो, उहाँको आफ्नो अयोग्यता स्वीकार नगर्ने अहंकारले यो अवस्था आएको हो, तर यो सिफारिसले प्रधानमन्त्री मात्रै हाेइन कि उहाँ अध्यक्ष रहेको नेकपाले तीन वर्षअघि सरकार चलाउन पाएको म्यान्डेटको वैधता पनि सकिएको छ ।’

नेता थापाले संसद् विघटन गर्ने निर्णय सरकारको नभई प्रधानमन्त्री ओलीको व्यक्तिगत हठ भएको बताए । ‘मेरो पार्टीले औपचारिक निर्णय गर्ला, मैले पर्खिनुपर्छ, तर म हिजो संविधानसभाको सदस्य पनि हुँ, र म संविधान बनाएर आएको अहिलेको प्रतिनिधिसभाको सदस्य पनि हुँ, मैले देख्दा यो असंवैधानिक कदम हो,’ नेता थापाले भने, ‘एउटा व्यक्तिको हठमा संसद् विघटन सम्भावना छैन, संविधानले यस्तो अनुमति दिएको छैन ।’