१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o९:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बारपाकका गुन्डानाइके ‘बाघे’ले गरे आत्मसमर्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:४३:oo

फरार अभियुक्तको सूचीमा रहेका बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका ‘बाघे’ भनिने धनबहादुर घलेले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । मंगलबार प्रहरी कार्यालयमा आएर उनले आत्मसमर्पण गरेका हुन् ।

२२ जेठ ०७२ मा बारपाकमा घलेको साथबाट प्रहरीले म्याग्जिनसहित सेमी अटोमेटिक पेस्तोल एक नाल, चार राउन्ड गोली, कटुवा पेस्तोल एक थान, एसएलआरको तीन राउन्ड गोली र थ्री नट थ्रीको तीन राउन्ड गोली बरामद गरेको थियो ।

स्थानीयवासीको अवरोधका कारण प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालयसम्म ल्याउन सकेको थिएन । त्यसयता घले बारपाकतिरै बस्दै आएका थिए । २४ जेठ ०७२ मा उनीविरुद्ध हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता भयो । २० मंसिर ०७३ मा जिल्ला प्रशासन कार्यालयले उनलाई नौ महिना कैद र ८० हजार रुपैयाँ जरिवाना तोक्यो ।

तर, उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । मंगलबार उनी आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गर्न आइपुगेको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए । उनलाई कारागार चलान गर्ने तयारी भइरहेको छ ।

ad
ad