मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर ३० मंगलबार
  • Saturday, 12 July, 2025
रासस
२o७७ मङ्सिर ३० मंगलबार १२:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद

बिग बास खेल्न सन्दीप अष्ट्रेलिया गए

Read Time : < 1 मिनेट
रासस
नयाँ पत्रिका
२o७७ मङ्सिर ३० मंगलबार १२:५९:oo

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न अष्ट्रेलिया गएका छन् । उनी तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत मंगलबार त्यसतर्फ लागेका हुन् ।

लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन्। बिग बास भने गत बिहीबारदेखि नै सुरु भइसकेको छ । क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले सुरुवाती ६ खेल गुमाउनेछन् । यसपटक उनले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् । 

लामिछानेले यसअघि दुई यामको बिग बास लिग मेलबर्न स्टार्सबाट खेलेका थिए । उनले पछिल्ला दुई याममा २० खेल खेल्दै २६ विकेट लिएका थिए । उनी आबद्ध होबार्ट आज दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दै छ । होबार्ट यसअघिका दुई खेलमा विजयी भएको थियो । 

हालसम्मको खेल प्रदर्शनका आधारमा लामिछानेको टोली होबार्ट सात अंकसहित लिगको दोस्रो स्थानमा छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट संक्रमित भएका थिए । हाल उनी कोरोनाबाट मुक्त भइसकेका छन् ।