१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २८ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर २८ आइतबार २१:५४:oo
Read Time : > 3 मिनेट
Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर २८ आइतबार २१:५४:oo

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउने आदेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अख्तियारले बालुवाटार जग्गा प्रकरणमा उनको पनि संलग्नता रहेको भन्दै मुद्दा दायर गरेको थियो । यसै मुद्दामा उनी आइतबार अदालतमा उपस्थित भएको र आजै थुनामा पठाउने आदेश भएको विशेषका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले बताए । 

फेवाताल सिरानमा २८ करोड ९६ लाखमा बनेका चेकड्याम र सिल्ट पोखरी पहिलो वर्ष नै जीर्ण

फेवाताल सिरानबाट बगेर आउने ढुंगा, माटोसहितको गेग्र्यान सीधै तालमा मिसिन रोक्ने चेकड्याम निर्माणमा प्राविधिक त्रुटि पाइएको छ । चेकड्याम जोगाउन तत्काल रेट्रोफिटिङ गर्नुपर्ने प्राविधिकहरूले औँल्याएका छन् । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नीति तथा योजना आयोगका सदस्य डा. विष्णुराज बरालको संयोजकत्वमा गठन गरेको समितिले स्थलगत अवलोकनपछि रेट्रोफिटिङ गर्नुपर्ने निष्कर्ष निकालेको हो । त्यसका लागि २५ करोड रुपैयाँ थप लगानी गर्नुपर्ने देखिएको संयोजक डा. बरालले जानकारी दिए ।

पहिरोपीडितका लागि बनाइएको एकीकृत बस्ती तीन वर्षदेखि अलपत्र !

तीन वर्षअघि पहिरोपीडितका लागि बनाइएको एकीकृत बस्ती हस्तान्तरण हुन नसक्दा अलपत्र परेको छ ।  तीन वर्षअघि पहिरोबाट विस्थापित भएका फालेलुङ गाउँपालिका ३ र ४ नम्बर वडाका स्थानीयका लागि एकीकृत बस्ती निर्माण गरिएको थियो । १ नम्बर प्रदेश सरकारको ५० लाख र फालेलुङ गाउँपालिकाको १७ लाख बजेट खर्च गरेर १५ घर निर्माण भएको तीन वर्ष भयो । गाउँपालिकाको अगुवाइमा वडा नम्बर ३ मा रहेको सुरक्षित स्थानमा ती घर निर्माण भएका छन् । अहिले घर हस्तान्तरण नै नभई बेबारिसे अवस्थामा पुगेका छन् । 

पहिरोमा परी ४८ परिवार विस्थापित भएका थिए । उनीहरूमध्ये करिब २५ परिवरलाई तत्काल घर आवश्यक थियो । उनीहरू अहिले पनि आफन्तको शरणमा छन् । गाउँपालिकाका अनुसार फालेलुङ गाउँपालिकाको मांलेबुङ गाउँका तीन घर लामो समयसम्म पालमा बसे । उनीहरूलाई बस्ती निर्माण हुँदै गरेको खबरले राहत दिएको थियो । तर, बनिसक्दा पनि हस्तान्तरण नभएपछि उनी चिन्तित छन् । 

सरकारले पैसा नदिए कडा आन्दोलन गर्ने उखु किसानको चेतावनी

उखु मिलले भुक्तानी नदिएपछि सर्लाहीका उखु किसानले आन्दोलन सुरु गरेका छन् । चिनी उद्योगबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान काठमाडौं आएर आज (आइतबार) देखि आन्दोलन सुरु गरेका हुन् । पहिलो चरणमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने र सरकारले आफूहरूलाई पैसा नदिलाए कडा आन्दोलन गर्ने चेतावनीसमेत किसानले दिएका छन् । उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेश मिश्रले यसपटक किसानको पूरै पैसा नपाउँदासम्म आन्दोलन नरोकिने बताए ।

नेकपा स्थायी कमिटी बैठक : शोकप्रस्ताव पास गर्दै पुस १ सम्मका लागि स्थगित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एक हप्तापछि आज बसेको स्थायी कमिटीको बैठक छोटो समय बसेर स्थगित भएको छ । नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोकप्रस्ताव पारित गर्दै १ पुससम्मका लागि बैठक स्थगित भएको हो । अघिल्लोपटक पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिएनन् । तर प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको आजको बैठकमा भने उनी उपस्थित थिए । 

पञ्चपुरी नगरपालिकाद्वारा टिकटक र फेसबुक चलाउन प्रतिबन्ध

सुर्खेतको पञ्चपुरी नगरपालिकाले टिकटक र फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ। नगरपालिका कार्यालयभित्र कर्मचारीहरूलाई टिकटक र फेसबुक चलाउन प्रतिबन्ध लगाएको हो। नगरपालिकाले कार्यालय हाताभित्र कुनै पनि कर्मचारीले फेसबुक र टिकटक चलाउन नपाउने नियम जारी गरेको छ । गत शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार नगरपालिकाका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर, म्यासेन्जर, टिकटक चलाउन पाउने छैनन् ।

सरकारप्रति व्यापक वितृष्णा फैलियो, सडकदेखि संसद्सम्म चर्काे दबाब सिर्जना गर्छाैँ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले अब सरकारले सडकदेखि संसद्सम्म सरकारलाई तीव्र दबाब दिने बताएका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘कांग्रेसले सडकदेखि संसद्सम्म अब सरकारलाई तीव्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम, तर शसक्त ढंगले अघि बढ्नु छ, भोलिको प्रदर्शन सांकेतिक मात्रै हो ।’ प्रतिपक्षी भूमिकामा भए पनि सडकदेखि सदनसम्म कांग्रेस सत्ता साझेदारझैँ देखिएको भन्दै पार्टीभित्रैबाट सभापति देउवाको विरोध हुँदै आएको छ । 

मिसन ओसामाबारे अमेरिकी पूर्वराष्ट्रपति ओबामा लेख्छन्– पाकिस्तानले थाहा पाएको भए ओसामा उम्कन सक्थे

मे २००९ । ह्वाइटहाउसमा सिचुएसन रुममा एउटा बैठक समाप्त भयो । राष्ट्रपति बाराक ओबामा सल्लाहकारका साथ तत्कालै अर्को कोठामा गए । भित्रबाट त्यो गोप्य कोठा लक गरियो । ह्वाइटहाउसका चिफ अफ स्टाफ राहम इम्यानुएल, सिआइएका निर्देशक लियोन पेनेटा तथा उपराष्ट्रिय सुरक्षाका सल्लाहकार टोम ड्यानिसल थिए । यो पूरै टोली एक विशेष योजनामा केन्द्रित थियो । राष्ट्रपति ओबामा पहिलादेखि नै ओसामा बिन लादेनको खोजीमा थिए । अल काइदाका नाइके ओसामा उनै व्यक्ति हुन्, जसको योजनामा ११ सेप्टेम्बर २००१ मा न्युयोर्कस्थित ट्विनटावर ध्वस्त भएको थियो । यो आक्रमणमा पाँच हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो । 

फाइजर भ्याक्सिनको साइडइफेक्ट न्यून

४० हजारजनामा गरिएको क्लिनिकल ट्रायलमा चारजनामा ‘वेल्स पाल्सी’

फाइजर–बायोन्टेकको कोभिडविरुद्धको भ्याक्सिनलाई अमेरिकामा प्रयोग गर्ने गरी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले १० डिसेम्बरमा स्वीकृति दिइसकेको छ । हुन त यसअघि नै बेलायत, बहराइन, साउदी अरेबियाले यो भ्याक्सिन प्रयोगमा ल्याइसकेका थिए । भ्याक्सिन प्रयोगमा आएसँगै कोरोना महामारी नियन्त्रणमा ल्याउने आधार निर्माण भएको विज्ञहरूको विश्वास छ । 

नाइजेरियाको एउटा स्कुलमा भएको आक्रमणपछि सयौँ विद्यार्थी सम्पर्कविहीन

नाइजेरियाको एउटा विद्यालयमा भएको आक्रमणपछि सयौँ विद्यार्थी हराएका छन् । उनीहरूमध्ये धेरै विद्यार्थी अपहरणमा परेको आशंका गरिएको छ । आक्रमणकारीहरूको नियन्त्रणबाट भाग्न सफल भएका केही विद्यार्थी अभिभावकको सम्पर्कमा आएका छन् । मोटरसाइकलमा आएका केही बन्दुकधारीले नाइजेरियाको एउटा सरकारी विद्यालयमा आक्रमण गरेका थिए । उनीहरूले नाइजेरियाको काट्सिनास्थित स्कुलमा आक्रमण गरेका हुन्, जहाँ आठ सयभन्दा बढी विद्यार्थी रहेको जनाइएको छ । उनीहरूले विद्यालयभित्र प्रवेश गरी अन्धधुन्ध गोली चलाएका थिए । त्यसपछि स्कुलभित्र रहेका विद्यार्थीबीच भागदौड मच्चिएको थियो ।

काट्सिना नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीको गृह क्षेत्र हो । राष्ट्रपति बुहारी बिदामा गृह क्षेत्र आएकै वेला शुक्रबार यो आक्रमण भएको छ । राष्ट्रपति बुहारीले घटनाको निन्दा गरेका छन् । ‘म यो घटनाको कडा शब्दमा भत्र्सना गर्दछु । विद्यालयमा पढ्दै गरेका निर्दाेष विद्यार्थीमाथि यो आक्रमण भएको छ,’ राष्ट्रपति बुहारीले विज्ञप्तिमार्फत भनेका छन्, ‘चाँडै नै सबै ठीक हुनेछ । म सबैका लागि प्रार्थना गर्न चाहन्छु ।’