१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २४ सोमबार १२:o२:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा हप्तैपिच्छे प्रदर्शन गर्दै राजावादी [तस्बिरसहित]

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:o२:oo

एक महिनाको अवधिमा कञ्चनपुरमा राजावादी समर्थकहरूले चारपटक प्रदर्शन गरेका छन् ।

राजावादीका विभिन्न घटक, मोर्चा तथा समाजले एक महिनाको अवधिमा राष्ट्रिय झण्डासहित जिल्लाका विभिन्न स्थानमा चारपटक प्रदर्शन गरेका हुन् । 

सयौँको संख्यामा सडकमा आएर राजावादी समर्थकहरूले राजा चाहियो भन्दै औसत सातामा एकपटक कञ्चनपुरमा प्रदर्शन गरिरहेका छन् । 

२५ कात्तिकमा राष्ट्रिय सरोकार मञ्चले कञ्चनपुरको जिल्ला सदरमुकाम भीमदत्त नगरपालिका महेन्द्रनगर राजा आऊ देश बचाऊ, अहिलको व्यवस्थाले भ्रष्टाचार, कुशासन, संस्कृति संस्कार हराएकाले दण्डहीनता मौलाएको भन्दै राजाको पक्षमा प्रदर्शन गर्‍यो ।

राष्ट्रिय सरोकार मञ्च कञ्चनपुरका अध्यक्ष धनी चन्द (रिचमेन)ले वर्तमान व्यवस्थाप्रति जनता वाक्क भएकाले राजाको पक्षमा प्रदर्शन गर्न जनता स्वतःस्फूर्त सडकमा आएको बताए ।

सरोकार मञ्चले राजा र सनातन हिन्दू धर्मको पक्षमा प्रदर्शन गरेको २५ दिनपछि २० मंसिरमा स्वतन्त्र देशभक्त समाजले जिल्लाको दोधाराचाँदनी नगरपालिका क्षेत्रमा मोटरसाइकलमा प्रदर्शन गर्‍यो । 

स्वतन्त्र देशभक्त समाज दोधारा चाँदनीका संयोजक विक्रम चन्दले देश भ्रष्टाचारउन्मुख भएकाले अभिभावकविहीन भएको अवस्थामा देशका लागि राम्रो अभिभावक चाहिएकाले राजा र हिन्दूधर्मको पक्षमा प्रदर्शन गरिएको बताए । 

स्वतन्त्र देशभक्त समाजले दोधाराचाँदनीमा प्रदर्शन गरेको पाँच दिनपछि राजावादीको अर्को घटक नेपाल नागरिक अभियानले जिल्ला सदरमुकाम महेन्द्रनगरमा राजा र हिन्दूको पक्षमा  र्‍याली निकाल्यो । 

नेपाल नागरिक अभियान कञ्चनपुरका अध्यक्ष दिवानसिंह आग्रीले संघीयताले देश बर्बाद  बनाएकाले हिन्दूराज्य राजासहित शासन व्यवस्थाको खाँचो रहेको औँल्याए । अध्यक्ष आग्रीले राष्ट्रियता रक्षाका लागि समेत दलीय व्यवस्थाबाट नहुने तर्क राख्दै राजाको विकल्प नभएको ठोकुवा गरे । 

नेपाल नागरिक अभियानले राजाका पक्षमा र्‍याली आयोजनाको दोस्रो दिन २७ मंसिरमा सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजले कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा मोटरसाइकल र्‍यालीकाे आयोजना गरेको छ । शनिबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा समेत राजावादीले मोटरसाइकल  र्‍याली आयोजना गरेका हुन् ।

वर्तमान ओली नेतृत्वको कम्युनिस्ट सरकार भ्रष्टाचारमा लिप्त भएकाले जनताको चाहनाअनुरूप मोटरसाइकल  र्‍याली आयोजना गरिएको जनाइएको छ । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाज क्षेत्र नम्बर १ का संयोजक वीरेन्द्रबहादुर चन्दले सरकारको रवैयाविरुद्ध मोटरसाइकल  र्‍याली आयोजना गरिएको बताए । 

राजपरिषद् सदस्य धीरेन्द्रविक्रम सिंहले नेपालको माटो सुहाउँदो व्यवस्था नभएकाले परिवर्तनका लागि नागरिक स्वतः सडकमा आएको बताए । ‘हामी बन्दुक उठाउँदैनौँ,’ उनले भने, ‘नागरिकलाई जागरणका माध्यमबाट जोड्छौँ ।’ 

विश्व हिन्दू महासंघका अध्यक्ष विष्णु बरालले सनातन हिन्दूधर्मका पक्षमा सबै क्षेत्रबाट सहयोग भइरहेकाले हिन्दूवादी र राजावादीको चाहनाभन्दा जनताको चाहनाअनुरूप प्रदर्शन भइरहेकाले यसलाई अनर्थ लगाउन नहुने बताए । 

राप्रपा केन्द्रीय सदस्य गजेन्द्रबहादुर चन्दले नागरिकको चाहनाअनुरूप कार्यक्रम आयोजना गरिएको बताए । उनले जनता वर्तमान व्यवस्था र शासनबाट वाक्क भएकाले राजाको पक्षमा आन्दोलन भइरहेको बताए । 

राजावादी, हिन्दूवादीले कात्तिकदेखि निरन्तर देशका विभिन्न स्थानमा राजाका पक्षमा प्रदर्शन गरिरहेका छन् । उनीहरू प्रायोजित वा स्वतःस्वफूर्त हुन् यसबारे नागरिक अलमलमा परेका छन् । 

संघीयता आएको तीन वर्ष नबित्दै राजावादीले निरन्तर गर्ने आन्दोलन नागरिकको चाहना वा राजाको चाहना हो भन्नेबारे यकिन अर्थ्याउन नसकिएपछि नागरिक अन्याेलमा परेका छन् । 

डेढ दशकअघि राजसंस्था फाल्नका लागि जनआन्दोलनमा होमिएका आमनागरिक फेरि राजाकै पक्षमा प्रदर्शन गर्दै छन् कि प्रायोजित रूपमा प्रदर्शन भइरहेको भन्नेबारेमा यकिन नभएपछि राजाको पक्षमा निरन्तर प्रदर्शन वर्तमान सरकारका लागि राम्रो नभएको जानकारको टिप्पणी छ । 

जनताको चाहनाअनुरूप वर्तमान सरकारले काम गर्न नसक्दाको परिमाण राजावादी शक्ति सलबलाइरहेको भन्दै कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी ओलीले बोलाएको बैठकमै सुझाब दिएका थिए । 

कोडिभ नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको र चुनावमा वेला जनतासँग गरेका वाचा पूरा गर्नुको साटो कम्युनिस्टले दुईतिहाइ पाउँदासमेत सत्ताका लागि झगडा गरिरहेको मौका छोपी राजावादी, हिन्दूवादीले प्रदर्शन गरिरहेको जानकारहरूको भनाइ छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय राजनीतिशास्त्रका प्राध्यापक डा. मुकुन्द कलौनीले वर्तमान सरकारले गरिहेको कामकाजप्रति असन्तृष्ट रहेका समूह राजावादीको पक्षमा वकालत गरिरहेको टिप्पणी गरे । ‘सरकार, दलका गतिविधिलाई नियाल्दै राजावादी समूह सल्बलाइरहेका छन्,’ उनले भने, ‘यसमा शासकको समयमै ध्यान जानुपर्छ ।’ 

जनताले समेत लोकतन्त्रको विकल्पमा कुनै विकल्प छैन भनेर नबुझ्दाको परिमाण राजावादीको प्रदर्शन भइरहेको उनको विश्लेषण छ । ‘जनताको चाहना र भावनाअनुरूप काम गर्न नसक्नु पनि वितृष्ण फैलिरहेको छ,’ डा. कैलानीले भने, ‘वितृष्णा समूहको नेतृत्व राजावादी समूहले गर्न खोजेका छन् ।’ 

एक दल खराब हुँदैमा र सो दलले जन चाहनाअनुरूप काम नगर्दैमा व्यवस्था खराब भन्न नमिल्ने बताउँदै उनले जनता सचेत हुनुपर्नेमा जोड दिए । 
 

ad
ad