सिद्धार्थ बैंक लिमिटेडले कागेश्वरी–मनोहरा नगरपालिकाको गोठाटारमा रहेको श्रीकृष्ण प्रणामी सेवा समिति नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
उक्त रकम श्रीकृष्ण प्रणामी सेवा समितिले २०७२ सालको भूकम्पका कारणले क्षति पुगेको र जोखिममा रहेको भवनको पुनर्संरचनामा उपयोग गर्ने जनाएको छ । भवनमा समितिद्वारा वृद्धाश्रम सञ्चालन गर्दै आएको र निर्माणपश्चात् असहाय वृद्धवृद्धाहरूको आवासका लागि उपयोग गर्ने जनाइएको छ ।
समाज कल्याणको कार्य गर्दै आइरहेको समितिलाई पुर्याएको सहयोगबाट आश्रय प्रदान हुने र वृद्ध नागरिक कल्याणमा केही हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकको छ ।