१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस/एएनआई
२o८१ बैशाख २१ शुक्रबार १२:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट

भारतमा कोरोना भाइरस संक्रमणबाट बुधबार ४१२ को मृत्यु 

Read Time : < 1 मिनेट
रासस/एएनआई
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:५८:oo

भारतमा बुधबार एक दिनमा कोरोना संक्रमणबाट चार सय १२ जनाको निधन भएको छ । योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४१ हजार सात सय ७२ पुगेको छ ।

यस्तै, बुधबार नै भारतमा थप ३१ हजार पाँच सय २२ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कुल संक्रमितको संख्या ९७ लाख ६७ हजार तीन सय ७२ पुगेको छ । जसमध्ये ९२ लाख ५३ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएका छन् । 

मन्त्रालयका अनुसार हाल तीन लाख तीन ७२ हजार दुई सय ९३ व्यक्ति अझै सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार ३२औँ दिन हो । 

भारतमा सबैभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा ७४ हजार तीन सय १५ अझै सक्रिय संक्रमित रहेको जनाइएको छ । महाराष्ट्रपछि केरलामा ६० हजार ६६ सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

दिल्लीमा २० हजार पाँच सय ४६ सक्रिय संक्रमित छन् भने पाँच लाख ६९ हजार दुई सय १६ व्यक्ति संक्रमणमुक्त भएका छन् । दिल्लीमा कोरोना भाइरस संक्रमणका कारण नौ हजार आठ सय १३ जनाको मृत्यु भएको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १५ करोड सात लाख ५९ हजारको नमुना परीक्षण गरेको जनाएको छ । बुधबार पनि भारतमा नौ लाख २२ हजार नौ सय ५९ जनाको नमुना परीक्षण भएको थियो । 
 

ad
ad