Skip This
ad
नेपाल-भारत वाणिज्यसचिवस्तरीय बैठकमा के-के भयो ? 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १६:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपाल-भारत वाणिज्यसचिवस्तरीय बैठकमा के-के भयो ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:o७:oo

नेपाल र भारतका वाणिज्यसचिव नेतृत्वको  अन्तरसरकारी समितिको बैठक सोमबार भिडियो कन्फ्रेन्समार्फत सम्पन्न भएको छ । 

यही ११ मंसिरमा परराष्ट्रसचिवस्तरीय द्विपक्षीय वार्ता भएपछि दुई देशबीच वाणिज्यसचिवस्तरीय संयन्त्रको बैठक बसेको हो । 

बैठकमा व्यापार एवं वाणिज्य क्षेत्रका प्रमुख एजेन्डामा भएका प्रगतिबारे समीक्षा भएको भारतीय दूतावासले जनाएको छ । अनधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवहन तथा सहकार्य विषयमा यो संयन्त्रमा छलफल हुँदै आएको छ । 

बैठकमा व्यापार तथा पारवाहन सन्धिको बृहत् समीक्षा, रेलसेवा सम्झौतामा संशोधन, लगानी प्रवर्द्धनका लागि भएका पहल तथा प्रयास, संयुक्त बिजनेस फोरमको गठन, दुवै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा स्तरमा सामन्जस्यतालगायतका विषयमा छलफल भएको भारतीय दूतावासले जनाएको छ । 

‘व्यापार तथा वाणिज्य सम्बन्ध तथा सम्पर्कलाई भविष्यमा अझ सुदृढ बनाउन सरकारी स्तरमा गर्नुपर्ने प्रयासबारे पनि दुवै पक्षबीच विस्तृत छलफल भयो,’ बैठकपछि भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले भनेका छन् । 

बैठकमा नेपालको नेतृत्व वाणिज्य सचिव डा‍. वैकुण्ठ अर्यालले गरेका थिए भने भारतबाट १५ सदस्यीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र वाणिज्यसचिव अनुप बाधवाले गरेका थिए । बैठकमा दुवै पक्षबाट विभिन्न मन्त्रालयका अधिकारी सहभागी थिए । 

सचिवस्तरीय बैठकको तयारीका लागि मंसिर १९ र १९ मा अन्तरसरकारी उपसमितिको सहसचिवस्तरको बैठक बसेको थियो ।

नेपालको आयात तथा निर्यात दुवैको क्षेत्रमा भारत नेपालको सबैभन्दा ठूलो व्यापार तथा लगानी साझेदारको रूपमा रहेको छ । 

‘भारत नेपालको एक मात्र त्यस्तो व्यापार साझेदार मुलुक हो जससँग पछिल्लोे दुई तीन वर्षमा नेपाली निर्यातमा लगातार वृद्धि भएको छ,’ भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले भनेका छन्, ‘आजको बैठकमा भएको विस्तृत छलफल र प्रगतिले भारत र नेपालबीचको आर्थिक तथा वाणिज्य सम्बन्धलाई विस्तार गर्न थप सघाउ पुग्नेछ ।’ 
 

ad
ad