१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
एजेन्सी
२o८१ जेठ १ मंगलबार १७:५९:oo
Read Time : > 3 मिनेट
ad
ad
फिचर

के भ्याक्सिन आएपछि मानव जीवन पहिलेको जस्तै बन्ला ?

Read Time : > 3 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:५९:oo

कोरोना भाइरस (कोभिड १९) महामारीले आक्रान्त बनेको विश्व मानव जीवन यतिखेर भ्याक्सिनको व्यग्र प्रतीक्षामा छ । उनीहरूको अपेक्षा छ कि भ्याक्सिन आएपछि अवस्था सामान्य बन्ने छ । मानव जीवन फेरि पहिलेकै जस्तो सामान्य अवस्थामा फर्कनेछ ।

के भ्याक्सिन आएपछि हामी सबैले अपेक्षा गरेको जस्तै मानव जीवन कोरोना भाइरस सुरु हुनुपहिलेको जस्तै सामान्य बन्ला त ? धेरै वैज्ञानिकहरूले भने अवस्था पहिलेको जस्तै सामान्य बन्न समय लाग्ने जनाएका छन् । उनीहरूले भ्याक्सिन आएपछि पनि हामीलाई ‘मास्क’विना हिँडडुल गर्न अझै लामै समय कुर्नुपर्नेछ । उनीहरूको चेतावनी छ कि मानव समुदायले यस्ता संक्रामक रोगविरुद्ध फेरि हेलचेक्र्याइँ गर्न हुनेछैन ।

भ्याक्सिन सबैलाई उपलब्ध हुन सक्दैन
भ्याक्सिनलाई आधुनिक विश्वमा चिकित्सकीय क्षेत्रको अहिलेसम्म्कै सबैभन्दा ठूलोमध्येको उपलब्धि मानिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार भ्याक्सिनले प्रत्येक वर्ष अन्दाजी २० देखि ३० लाख मृत्युलाई रोक्ने गरेको छ । त्यसक्रममा भ्याक्सिनले २० भन्दा बढी जीवन नै लिने घातक रोगलाई फैलनबाट रोकेको छ ।
एक पुस्ताअघिसम्म सामान्य बनेको बालबालिकालाई लाग्ने रोग अहिले लोप नै भइसकेका छन् । लाखौँ हजार मान्छेको ज्यान लिएको ती रोगलाई भ्याक्सिनले नै पूर्णतया निर्मूल पारेको हो ।

तर, त्यो सफलता प्राप्त गर्न वर्षाँैको मिहिनेत लागेको थियो । यस परिप्रेक्ष्यमा हामी निकै छोटो समयमा कोरोना भाइरसजस्तो विश्वभर फैलिएको महामारीविरुद्ध त्यस्तै प्रभावकारी भ्याक्सिनको अपेक्षा गरिरहेका छौँ ।

अहिले पनि धेरै देशले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणको प्रयास गरिरहेका छन् । त्यसमध्ये कतिपय ठाउँमा आपत्कालीन प्रयोगका लागि अनुमतिप्राप्त गरेका र अन्तिम चरणमा पुगेका भ्याक्सिनको प्रभावकारिता ९० देखि ९५ प्रतिशतसम्म देखिएको छ ।
यसको अर्थ हो, भ्याक्सिन लगाएका दशमध्ये झन्डै नौँजनामा कोभिड १९ विकास हुनेछैन । यो समाचारले धेरैलाई उत्साहित तुल्याएको छ । धेरैले सोचेका छन् कि अब हामीले चाँडै नै शारीरिक दूरीको नियम मान्नुपर्ने छैन र मास्क पनि प्रयोग गर्नुपर्ने छैन ।

यद्यपि, धेरै वैज्ञानिक र स्वास्थ्यविज्ञले अपेक्षा गरेजस्तो अवस्था आउन अझै समय लाग्ने जनाएका छन् । त्यसको पछाडि केही महŒवपूर्ण कारण छन् । 

पहिलो चरणमा स्वास्थ्यकर्मी र भाइरसविरुद्ध अग्रपंक्तिमा खटिनेहरूलाई प्राथमिकतामा राखिएका छन् । यसले उनीहरूलाई त बचाउनेछ । यो महŒवपूर्ण उपलब्धि नै हुनेछ । तर, भ्याक्सिन सर्वसाधारणको पहुँचमा पुग्न लामै समय लाग्नेछ । यसले गर्दा भाइरस संक्रमण रोकिनेछैन । त्यसवेलासम्म अरू व्यक्तिको ज्यान जान सक्नेछ । सीमित संख्याको उत्पादन, ढुवानीमा देखिएको जटिलतालगायत कारणले पनि यो अवस्था पुरानै अवस्थामा फर्कन समय लाग्ने देखाएको छ । 

केही मान्छेमा भ्याक्सिन प्रयोग हुनेछैन
भ्याक्सिन कहिल्यै शतप्रतिशत प्रभावकारी हुँदैन । ‘मिजल्स भ्याक्सिन’ अहिलेसम्म पत्ता लागेकोमध्ये सबैभन्दा प्रभावकारी भ्याक्सिन हो, जसले ९५ देखि ९८ प्रतिशतसम्म मान्छेलाई बचाउन सक्छ । भर्खरै सार्वजनिक गरिएका फाइजर÷बायोन्टेक र मोडना कोभिड १९ भ्याक्सिनको पनि अहिले ९० प्रतिशतभन्दा माथि प्रभावकारिता देखिएको छ । 

यद्यपि, ठूलो संख्यामा यसको प्रयोग गरिँदा यसको प्रभावकारिताको स्तर घट्ला वा उत्तिकै रहला भन्ने हेर्न बाँकी नै छ । अहिलेकै अवस्थामा पनि भ्याक्सिन लगाउनेमध्ये प्रत्येक दशमा एकजना असुरक्षित हुनेछन् । अर्थात् प्रत्येक दश जनामध्ये एकजनालाई यो भ्याक्सिनले बचाउन सक्नेछैन । ठूलो संख्यामा प्रयोग नगरिँदासम्म र त्यसको नतिजा प्राप्त नहुँदासम्म यसको प्रभावकारिताको पूर्णरूपको मूल्यांकन गर्न मुस्किल छ ।

यसको एउटा फरक पाटो पनि छ । अहिले प्रयोगका लागि केही देशमा आपत्कालीन अनुमतिप्राप्त गरेका र धेरै चर्चामा रहेका भ्याक्सिनले सबै शरीरमा आफ्नो प्रभाव देखाएको छ । सामान्यतया कतिपय वृद्धवृद्धाको शरीरले भाइरसको प्रभावलाई सहयोग गर्न सक्दैन । अर्थात् कतिपय वृद्धवृद्धाको शरीरमा भ्याक्सिनको प्रभाव धेरै हदसम्म नदेखिन सक्छ । 

त्यसका साथै क्यान्सर रोगको उपचार गराइरहेका मानिसहरूमा पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन सम्भव नहुन सक्छ । यो वर्गका मानिसहरू भ्याक्सिन सर्वसाधारणको पहुँचमा पुग्दासमेत सबै मानिस सुरक्षित हुने छैनन् । त्यसका बाबजुद धेरै मानिसहरूलाई भने भ्याक्सिनले बचाउनेछ ।

६५ देखि ७० प्रतिशतमा ‘हर्ड इम्युनिटी’ देखिएपछि विश्व कोरोना मुक्त
वैज्ञानिकहरूले के कुरामा जोड दिइरहेका छन् भने जबसम्म सबै जनसंख्यालाई पुग्ने भ्याक्सिन उत्पादन हुँदैन र उनीहरूका लागि प्रयोग गरिँदैन शारीरिक दूरीको नियम अन्त्य हुनेछैन । ‘यदि तपाईंले जोखिममा रहेका व्यक्तिहरूलाई मात्रै बचाउनुभयो भने पनि ठूलो सफलता हुनेछ । यसले अस्पतालमाथि अहिले देखिएको भार पनि कम गर्नेछ । तर, यसले भाइरस संक्रमण रोक्नेछैन’, एकजना बेलायती प्राध्यापक डेभिड सालिस्बेरी भन्छन्, ‘भ्याक्सिन नलगाएका व्यक्तीहरूबीचमा संक्रमण फैलिरहेकै हुनेछ । यो पनि गम्भीर अवस्था हुनेछ ।’

यही अवस्थालाई रोक्न हामीले सबै क्षेत्र र सबै उमेर समूहका व्यक्तिहरूमा यो भ्याक्सिन लगाएकै हुनुपर्नेछ । अहिलेको विश्व एकदमै जोडिएको छ । व्यापार–व्यवसाय र अरू धेरै कारणले धेरै यात्रा भइनैरहेको छ । यसले नै भाइरस संक्रमण थप तीव्र रूपमा फैलाउनेछ । ‘यो विश्वव्यापी महामारी हो । त्यसैले पनि यसलाई रोक्न विश्वभरि नै भ्याक्सिन प्रयोग गरिएको हुनुपर्छ’, उनी भन्छन् ।

अमेरिका र बेलायतलगायत केही देशले सबैलाई भ्याक्सिन लगाउन सुरु गर्ने योजना तय गरेका छन् । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका प्रमुखले आगामी अप्रिलसम्म जोखिममा रहेका सबैलाई भ्याक्सिन लगाइने जनाएका छन् । यसपछि चाँडै नै १६ वर्षभन्दामाथिका सबैलाई भ्याक्सिन लगाउने कार्यक्रम रहेको उनले जनाएका छन् ।

डब्लुएचओले कम्तीमा ६५ देखि ७० प्रतिशतसम्म मान्छेको शरीरमा भाइरसविरुद्ध लड्ने शक्तिको विकास भएको हुनुपर्ने वा यो स्तरसम्मको ‘हर्ड इम्युनिटी’ देखिन थालेपछि मात्रै विश्वलाई कोरोना भाइरसबाट सुरक्षित रहेको घोषणा गर्न सकिने जनाएको छ ।


सर्वसाधारणका लागि भ्याक्सिन पु¥याउनु चुनौतीपूर्ण
विश्वका सबै सर्वसाधारणका लागि भ्याक्सिनु पु¥याउनु निकै नै चुनौतीपूर्ण कार्य हुनेछ । यसको परीक्षा बेलायतबाटै सुरु हुनेछ । बेलायतले अहिले ६८ मिलियन आफ्नो जनसंख्यालाई भ्याक्सिन लगाउने योजना तयार पारिरहेको छ । 

योभन्दा पहिले कहिल्यै पनि यस्तो प्रयास भएको थिएन । त्यसअघि भ्याक्सिन र भ्याक्सिन लगाउन प्रयोग गरिने अरू सामान पनि ठूलो संख्यामा उत्पादन गर्न आवश्यक छ । कम्तीमा तत्काललाई भ्याक्सिन उपलब्ध गराउने काम पनि सहज पक्कै हुनेछैन ।

भ्याक्सिनको ढुवानी निक्कै चुनौतीपूर्ण देखिएको छ । उत्पादनस्थलबाट स्वास्थ्य केन्द्रमा पु¥याउनु नै ठूलो चुनौती देखिएको छ । विश्वका विभिन्न ठाउँ र गाउँमा पु¥याउनु अझ मुस्किलको कुरा हुनेछ । केही भ्याक्सिन ढुवानी गर्दा निकै चिसो वातावरण आवश्यक हुन्छ । फाइजरले बनाएको भ्याक्सिन ढुवानीका लागि माइनस ७० डिग्रीभन्दा कम तापक्रम आवश्यक पर्नेछ । यसले अरू जटिलता थप्नेछ ।

धेरै अवरोध र चुनौतीका बाबजुद अहिले उत्पादन भएका र कतिपय ठाउँमा प्रयोगका लागि आपत्कालीन मान्यता पाएका केही भ्याक्सिनले कोरोना भाइरसविरुद्धको लडाइँमा ठूलो योगदान पु¥याउने देखिएको छ । यी भ्याक्सिनले कम्तीमा जोखिममा रहेका जनसंख्यालाई बचाउन सहयोगी बन्ने देखिएको छ ।

फाइजर÷बायोन्टेकले आफूले तयार पारेको भ्याक्सिनले ६५ वर्षभन्दामाथिका व्यक्तिमध्ये ९४ प्रतिशतलाई बचाउने घोषणा गरेको छ । यदि यो सत्य हो भने, कोरोना भाइरस महामारीविरुद्धको यो लडाइँमा ठूलो खुसीको खबर मान्नुपर्दछ । 

दुःखको कुरा, यो भ्याक्सिन सर्वसाधारणका लागि उपलब्ध हुन र सबैले प्रयोग गर्ने अवस्थासम्म पुग्नु नै वर्षौँ लाग्ने देखिएको छ । त्यसवेलासम्म अवस्था सामान्यतर्फ फर्कने अपेक्षा गर्न सकिन्न ।
 

ad
ad