१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ मङ्सिर १६ मंगलबार १४:४०:००
Read Time : < 1 मिनेट
समाचार

नौकुण्ड र कालिका गाउँपालिकाद्वारा अस्पताल भवन शिलान्यास

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १६ मंगलबार १४:४०:००

रसुवामा दुई अस्पताल भवन शिलान्यास गरिएको छ । नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिकाले अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ जिल्लाका तीन स्थानीय तहमा अस्पताल निर्माण हुन लागेको हो । आमाछोदिङ्माे गाउँपालिकामा भने जग्गा अभाव र जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया सुरु गरेको हुँदा सोमबार भवन शिलान्यास हुन सकेन । एक साताभित्र आवश्यक प्रक्रिया सम्पन्न गरी शिलान्यास गरिने आमाछोदिङ्माे  गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताए ।

नौकुण्ड गाउँपालिका– ३ स्थित निर्माण गरिन लागेको अस्पतालको प्रतिनिधिसभामा रसुवाबाट निर्वाचित सांसद इन्जिनियर  मोहन आचार्यले शिलान्यास गरेका छन् ।

कालिका गाउँपालिकामा निर्माण हुन लागेको अस्पतालको भने गाउँपालिकाका अध्यक्ष सीताकुमारी पौडेल अधिकारीबाट शिलान्यास भएको छ । नौकुण्ड गाउँपालिकामा पाँच शय्याको अस्पताल निर्माण हुनेछ भने आमाछोदिङ्माे  र कालिका गाउँपालिकामा १५–१५ शय्याको अस्पताल निर्माण हुनेछ ।

चालू आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरूप देशभरका तीन सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ ।