१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १२:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेकपा सचिवालय बैठक बस्दै, दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:१३:oo

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा यसअघि पार्टीका दुई अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको बेग्लाबेग्लै राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ । 

नेकपाका दुई अध्यक्षले एक–अर्कालाई आरोप–प्रत्यारोप गर्ने गरी राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा राखेका छन् । 
दाहालले गत २८ कात्तिकमा अध्यक्ष ओलीमाथि विभिन्न खाले गम्भीर आरोपसहित आफ्नो राजनीतिक  प्रतिवेदन प्रस्तुत गरेका थिए । 

त्यसको प्रतिउत्तरमा अध्यक्ष ओलीले यही १३ मंसिर शनिबार बसेको सचिवालय बैठकमा आफ्नो प्रतिवेदन राखेका थिए । 

त्यसपछि आज बस्न लागेको सचिवालय बैठकमा सचिवालय सदस्यहरूले दुवै अध्यक्षहरूका प्रतिवेदनबारे आ–आफ्नो धारणा राख्ने जनाइएको छ । 

दुई अध्यक्षको एक–अर्कामा आरोपले भरिएको राजनीतिक प्रतिवेदन बैठकमा प्रस्तुत भएपछि नेकपामा विवाद तथा आरोप–प्रत्यारोपको क्रम नेतृत्व तहमा देखिन पुगेको छ ।

ad
ad