मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ मङ्सिर ११ बिहीबार १३:३७:००
Read Time : > 1 मिनेट
फिचर

१० मध्ये नाै भारतीय नागरिकको सम्पर्कमा कोरोना संक्रमित 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर ११ बिहीबार १३:३७:००

भारतमा हरेक १० मध्ये नाैजनाको सम्पर्कमा कम्तीमा एक वा सोभन्दा बढी कोरोना संक्रमित हुने गरेको एक अध्ययनले जनाएको छ । लोकल सर्कल नामक संस्थाद्वारा बुधबार जारी सर्वेक्षणअनुसार ६० प्रतिशत व्यक्तिको नेटवर्कमा पाँच वा सोभन्दा बढी कोभिड संक्रमित हुने गरेको पाइएको छ । बुधबारसम्ममा भारतमा सक्रिय कोरोना संक्रमितको संख्या साढे चार लाखभन्दा बढी पुगेको छ । भारत विश्वमा सबैभन्दा धेरै संक्रमित हुने देशमध्ये दोस्रो स्थानमा छ ।

लोकल सर्कलले भारतका दुई सय आठ जिल्लाका नौ हजारभन्दा बढी व्यक्तिबीच सर्वेक्षण गरेको थियो । जसमा सहभागी ६६ प्रतिशत पुरुष र ३४ प्रतिशत महिला थिए । सर्वेक्षणमा सहभागी अघिकांश व्यक्ति सहरी इलाकाका थिए भने ग्रामीण भेगका व्यक्तिलाई पनि समेटिएको जनाइएको छ ।  

सर्वेक्षणमा सहभागीलाई पछिल्लो आठ महिनामा तपाईं वा तपाईंको सामाजिक नेटवर्क (परिवार, नातागोता, साथी–सहकर्मी, छिमेकी, व्यापारिक सहयोगी आदि) मा कोरोना संक्रमणले कसरी असर पारेको छ भनी सोधिएको थियो ।

जवाफमा २८ प्रतिशत सहभागीले आफ्नो सम्पर्कमा रहेका ५–१० जनासम्मलाई कोरोना संक्रमण भइसकेको जनाएका थिए । यस्तै २६ प्रतिशतले यस्ता व्यक्ति एक–चारजना रहेको जनाएका थिए भने १९ प्रतिशतले चिनेजानेकै २० भन्दा बढी व्यक्ति संक्रमित भइसकेको बताएका थिए । यस्तै १३ प्रतिशत सहभागीले यस्ता व्यक्तिको संख्या ११–२० जनासम्म रहेको जवाफ दिएका थिए । 

आफू संक्रमित भएकोसमेत भन्दैनन्
सर्वेक्षणका क्रममा ८८ प्रतिशत व्यक्तिले आफ्नो सम्पर्कमा रहेका एक वा सोभन्दा बढी व्यक्ति संक्रमित रहेको जानकारी दिएका थए । गत सेप्टेम्बरमा गरेको अर्को एक सर्वेक्षणमा ७७ प्रतिशतले आफ्नो सम्पर्कमा रहेका कोही न कोही संक्रमित रहेको जनाएका थिए । यसअघि जुलाईमा ३१ प्रतिशत र मेमा सात प्रतिशतको मात्रै सम्पर्कमा कोही न कोही संक्रमित रहेका थिए । 

कम्युनिटी सोसल मिडिया प्लेटफर्मका अनुसार चाडबाडको दौरान बजारमा निस्किएको भिडभाड र प्रदूषणका कारण भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढेको हो ।

साथै लोकल सर्कलले संक्रमितहरूले आफूलाई संक्रमण भएकोबारे जानकारी दिन इन्कार र परीक्षण नै नगराउने गरेको उदाहरण पनि पेस गरेको छ । कतिपयमा त चाडबाडको वेलामा घरमा कोही संक्रमित भए पनि आइसोलेसनमा समेत नबस्दा सिंगो परिवार नै संक्रमित बन्न पुगेको छ ।