मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर ११ बिहीबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर ११ बिहीबार १o:४२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

साल्ट ट्रेडिङका सञ्चालक समिति सदस्य जोशीको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर ११ बिहीबार १o:४२:oo

साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडका सञ्चालक कीर्तिकुमार जोशीको मस्तिष्कघातका कारण निधन भएको छ । ७५ वर्षीय जोशीको हिमालय हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । 

जोशी साल्ट ट्रेडिङअन्तर्गतको खाद्य उद्योग लिमिटेड, वनस्पति घिउ उद्योग लिमिटेडमा सञ्चालक रही काम गरेको कर्पोरेसनले जनाएको छ । जोशीको निधनको खबरले कर्पाेरेसन परिवारलाई दुःखी बनाएको र कर्पाेरेसनले एक कुशल सञ्चालक गुमाएको जनाएको छ । उनी कर्पोरेसनका संस्थापक लोकनाथ जोशीका नाति हुन् । 

सगरमाथा इन्स्योरेन्सका सबै कार्यालय १ दिन बन्द
सगरमाथा इन्स्योरेन्सले जोशीको निधनको शोक मनाउन एक दिन देशभर रहेका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ । ०५७ सालदेखि सञ्चालक समितिमा रही कम्पनीको सफलताका लागि अथक योगदान गरेको स्मरण गर्दै कम्पनीले श्रद्धाञ्जली अर्पणका लागि ११ गते बिहीबार कार्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।